TRENDING
Beste online casino’s in België
Tips to Find the Best Online Gambling Sites
Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité
Duel Casino bonus – soorten bonussen in het online casino
Next
Prev

सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री सिंह

शेयेर गर्नुहोस

धनगढी/उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन्। उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार कानुनी कारबाही अघि बढ्ने बताए।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदीय समितिले गहिरो अध्ययन गरेर प्रतिवेदन ल्याएको बताउँदै त्यसअनुसार नै कानुनी कारबाही अघि बढ्ने बताएका हुन्।

मुलुकको स्थायित्व र विकासका लागि दुई ठूला दल मिलेर सरकार बनेको उपप्रधानमन्त्री सिंहको भनाइ छ। उनले भने, ‘पटक–पटक सरकार परिवर्तन भइरहदा अर्थतन्त्र र जनतामा निराशा देखिएको छ, त्यसलाई चिर्न एमाले र कांग्रेस मिल्यौँ। अब यो गठबन्धनले पुरै कार्यकाल सरकार सञ्चालन गर्छ।’

देशमा व्यवस्था र अवस्थामा धेरै परिवर्तन भएको बताउँदै उनले केही दलविरोधिहरुले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गलत प्रचार गरिरहेको आरोप लगाए।

उनले नेपाली कांग्रेस एकजुट रहेको र अहिले कांग्रेस सत्ता सञ्चालनसँगै संगठन विस्तारमा पनि देशभर सक्रिय भएर लागेको बताए। उपप्रधानमन्त्री सिंह धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मंगलबार बिहान धनगढी आएका हुन्।

उनले स्थापना दिवससँगै धनगढीमा पार्क निर्माणको शिलान्यास, कार्यकर्ता भेटघाट गरेर आजै बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Beste online casino’s in België

Tips to Find the Best Online Gambling Sites

Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité

Duel Casino bonus – soorten bonussen in het online casino

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान

जमुना न्युरे,खानिडाडा/खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले खानीडाँडा पुगेको साईकल यात्रीहरुको टोलीलाई सम्मान

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धनसिंहपुर प्रवासी युवा समितिद्वारा स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

धनसरा बुढा,टीकापुर/धनसिंहपुर प्रवासी युवा समितिद्वारा धनसिंहपुर स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण गरेकाे छ । मंगलबार कैलालीको टीकापुर ८ का प्रवासी युवाहरुकाे आर्थिक सहयाेगमा खरिद गरिएको एम्बुलेन्स

अझै पढ्नुहोस्