दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस

दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले सङ्घर्ष र बलिदानको प्रतिफल स्वरूपले नेपालमा संविधान जारी भएको स्मरण गरेका छन् ।


‘नेपाली जनताले पटक पटक गर्दै आएको सङ्घर्ष र बलिदानको प्रतिफल स्वरूप ऐतिहासिक संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।


‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ’ उनको विज्ञप्तिमा भनिएको छ, ‘आजको यस ऐतिहासिक दिवसले यस प्रदेशमा पनि दिगो शान्ति सुशासन र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।’

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जीवन परिवर्तनका लागि योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणका लागि योगको असाधारण भूमिका रहेको बताए । पतञ्जली योग समिति डडेल्धुराले अमरगढीमा आयोजना गरेको

अझै पढ्नुहोस्

Mostbet kz скачать: как быстро и безопасно открыть доступ к лучшему онлайн‑казино Казахстана

В Казахстане азартные игры уже давно перестали быть только развлечением.Онлайн‑казино стали привычкой, а выбор площадок растёт с каждым днём.Среди них Mostbet kz выделяется своей надёжностью

अझै पढ्नुहोस्