शून्य सहनशिलताका विषयमा कसैसँग कम्प्रोमाइज हुँदैनः मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताउनु भएको छ ।


शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा समारोह उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले सो कुरा बताउनु भएको हो । “केही दिनअघि बिवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,” मुख्यमन्त्री शाहले भन्नुभयो, “भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।”


“बिवादित अडियो सन्र्दभमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानविनलाई अगाडी बढाउनु पर्दछ, यसमा मेरो व्यत्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मूक्ति पाउनु हुँदैन ।” अख्तियारले छानविन प्रकृया अगाडि बढाईसकेको छ, यसमा प्रदेश सरकारको सहयोग र समन्वय रहने मुख्यमन्त्री शाहले प्रतिवद्धता व्यक्त गर्नुभयो । संसद सुचारु गर्न पटक–पटकको सर्वदलिय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताउनु भयो । उहाँले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।


एक अर्को प्रसंग मुख्यमन्त्री शाहले हामी संघीय संरचनामा गईसकेकोले संघीयताको बिकल्प नरहेको बताउनु भयो । उहाँले हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अंगिकार गरेका छौ, त्यो अनुसारको संविधानलाई संविधानतह निर्माण गरिएका नीति नियमलाई कार्यान्वयनको दिशामा लैजानु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Inovação constante e pragmatic play para elevar a experiência dos utilizadores em Portugal

Wspaniałe możliwości i Pelican casino bonus dla nowych graczy w kasynie online

Anspruchslose Spieler finden im Pelican Casino überraschend einfache Gewinnmethoden für den Erfolg

Lattrait visuel des jeux en ligne modernes avec hacksaw gaming slots et leurs fonctionnalités captivantes

Vibrant themes and innovative mechanics define hacksaw gaming casinos today

BimaSpin: Mencari Kebenaran di Mesin Slot Tradisional

सम्बन्धितखवर

छुटाउनु भयो कि !