वन्यजन्तुका लागि जंगलमै पोखरी निर्माण

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा ७ मा स्थित अमरावती सामुदायिक वन, मोहन्याल गाउँपालिका वडा ७ जालपा सामुदायिक वन , लम्की चुहा नगरपालिका वडा १ मा रहेको चेतना सामुदायिक वन र लम्कीचुहा नगरपालिका वडा ३ मा रहेको मुक्तकमैया सामुदायिक वनमा वन्यजन्तुका पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन वरिष्ठ अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

कँडेलका अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधी व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको हो। आयोजनाले पोखरी निर्माणसँगै कैलालीको कर्णाली कोरिडोरमा वन्यजन्तु र जैविक विविधता संरक्षणका विभिन्न काम गरेको छ। कर्णाली करिडोर अन्तर्गत जिल्लाको लम्किचुहा र टीकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिन्छन्। ती क्षेत्रमा चिसापानी, लम्की र टीकापुर सब–डिभिजन वन कार्यालयमार्फत आयोजना सञ्चालित भएका हुन्।

उक्त आयोजना लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कम्दी जैविकमार्गका ,कैलालीको कर्णाली जैविकमार्गमा सञ्चालन भइरहेको आयोजनाका फिल्ड व्यवस्थापक प्रकाश थापाले जानकारी दिए।

थापाका अनुसार यो आयोजना ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी (जिइएफ) र वल्र्ड वाइल्डलाइफ फण्ड (डब्लुडब्लुएफ)को सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयमार्फत तराई भूपरिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविकमार्ग संरक्षणमा सञ्चालित छन्।

उक्त आयोजनाले कर्णाली करिडोरमा सिमसार र घाँसेमैदान व्यवस्थापन, सामुदायिक वनमा मेस तारजाली , वन्यजन्तु उद्धार तालिम तथा उपकरण वितरण, नर्सरी निर्माण तथा बिरुवा उत्पादन, वन डढेलो व्यवस्थापन गोष्ठी तथा औजार हस्तान्तरण, वन उद्यम र जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।

वन्यजन्तुका लागि पोखरी निर्माण, वन डढेलो व्यवस्थापनसम्बन्धी उपकरण हस्तान्तरण, विभिन्न तालिम गोष्ठी, वन उद्यम तथा जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको सबडिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्णकुमार विष्टले बताए। आयोजनाको सहयोगमा घाँसेमैदान निर्माणसँगै लम्की सबडिभिजन वन कार्यालय र टीकापुर सबडिभिजन वन कार्यालयमा बिरुवा उत्पादन गरिएका छन्।

लम्कीमा एक लाख र टीकापुरमा ७० हजार अम्बा, बकाइनो, गोलमोर, सितलचिनी, निम, अमला, सागुन, कपोक, सिमल, कोइराल, कल्की फुल , र्हरो , र्बरो ,श्रीखण्ड, पारिजात, कागती जातका बिरुवा उत्पादन गरिएको सबडिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए। आयोजना जिल्लामा पाँच वर्षका लागि लागू भएकामा चार वर्ष पूरा भइसकेको छ।


सामुदायिक वनमा रहेको घाँसे मैदान आजभोली हरियाली सुन्दर प्रकृति देख्न पाइन्छ , जहाँ बाट तराइका फाँट देखि पहाड दृश्य सङै देख्न पाइने भएको छ ।घाँसे मैदान र पानी पोखरी निमार्ण पछि वन्यजन्तुहरु पानी पिउनका लागि पाटेबाघ ,चित्तल ,बँदेल ,निलगाइ ,लगायतका वन्यजन्तु पोखरीमा पानी पिउन आएको मुक्त कमैया सामुदायिक वन आजभोलि उपभोक्ता समुहका अध्यक्ष हितु थारुले बताए।

जलपा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मान बहादुर खत्रीले मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीयलाई सरक्षणमा लाग्नका लागि सामुदायिक वनमा पानी पोखरी निर्माण गरिएको छ । यसरी सामुदायिक वन मै वन्यजन्तुलाई पिउने पानी भएमा गाउँ बस्तीमा नजाने , आहारबिहार गर्नका लागि पनि वन्यजन्तु सुरक्षित हुने , सामुदायिक वनमा अन्य आर्याआर्जनका कार्यक्रम गरिने समेत बताए ।

ताजा खबर

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

The Ultimate Guide to Jeux Temps Réel Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुरमा माओवादी केन्द्रको पार्टी कार्यालय भवन उद्घाटन

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )काे वडा पार्टी कार्यालय उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमका विच वडा नं. २ काे

अझै पढ्नुहोस्