TRENDING
What are the Best Casino Games?
Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन : गगन थापा
Next
Prev

वन्यजन्तु संरक्षणमा चुनौतीः रोकिएन चोरी शिकारी

शेयेर गर्नुहोस


शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ। 

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै  आएका छन्। साथै उनीहरूले वन सिमानाका तारबार भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन्।

”वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ”, उनले भने, ”सामुदायिक वनभित्र चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरण तोडफोड गरिएको छ।”

सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन भइरहेको उनले उल्लेख गरे। अध्यक्ष महराले भने, ”सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न आग्रह गरेका छौँ, त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार  कारबाही गर्न बाध्य हुनेछौँ।” सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी  नियन्त्रणमा लाग्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What are the Best Casino Games?

Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online

एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन : गगन थापा

Mejores Casinos Online Mastercard: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत युनियट गणमा तानिए

धनगढी/सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत सम्पुर्ण युनियट एका-एक  गणमा तानिएका छन् ।  प्रभावकारी काम गर्न नसकेको भन्दै केही दिन पहिला बिओेपि फूलवारीमा कार्यरत सबै

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
राजनीति

सुकुम्बासी र अव्यवस्थित बसोवासीलाइ लालपुर्जा दिन्छाै : प्रचण्ड

भजनी/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाइ आफ्नो पालामा लालपुर्जा वितरण गर्ने बताउनु भएको छ । कैलालीको भजनी नगरपालिकाको नव

अझै पढ्नुहोस्