वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेश सरकारको सत्ता गठबन्धनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) पार्टीको भागमा छ। तर यो मन्त्रालय नाउपालाई फापेको छैन।

सो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नाउपाका मन्त्रीहरू विवादमा परिरहेका छन्। यसैक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले वनमन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। उनी गएको ४ जेठमा मन्त्री नियुक्त भएका थिए। उनै चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएको बताइन्छ।

स्रोतकाअनुसार मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए। बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले आफूखुसी गरेको अनुभूति गरेका मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिन मन्त्री चौधरीलाई कडा निर्देशन दिइसकेको स्रोतले जनाएको छ।

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेको बताइन्छ। चौधरी बेलाबेला विवादमा आइरहने मन्त्री पनि हुन्। यसअघि चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएका थिए। सोही विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेको बताइन्छ।

नाउपाका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको आर्थिक लेनदेन गर्न योजना बनाएको अडिओ नै बाहिरिएको थियो। लगत्तै मुख्यमन्त्री शाहले एक्सन लिँदै उनलाई तत्काल राजीनामा दिन निर्देशन दिएका थिए।

दीगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएका लक्ष्मणकिशोरले पछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो। तर, उनले पनि मुख्यमन्त्रीको मन जित्ने गरेर कार्यसम्पादन गर्न सकेनन्।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !