TRENDING
Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille
Mainio Kasino: Online Roulette Expert Review
Tervetuloa TonyBet-verovapaa-arvosteluun!
NordicBet Kotiutus – Expert Guide for Online Casino Players
Next
Prev

रेखांकनको सकिदै लालबोझिको पुरैना ताल

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ ।
डिभिजन बन कार्यलय पहलमानपुरले तालको रेखांकनका लागि भजनी नगरपालिकाका जनप्रतिनिधि , स्थानीय बासिन्दाहरु , सब डिभिजन वन भजनी , सामुदायिक बन समन्वय समिती, नापी कार्यलय कैलाली , जिल्ला प्रशासन कार्यलय कैलाली सङ्ग आवश्यक पटकपटक निरन्तर रुपमा ३ बर्ष देखि छलफल पछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन सुरु गरिएको हो ।

तालको स्थलगत अनुगमनमा कैलाली प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र सहित नापी कर्यलय कैलालीका प्रमुख जनक राज भट्ट , देब्रेन्द्र पाल प्रहरी उपरीक्षक , रबि के सि प्रमुख सेनानी , हरिष बिष्ट उप अनुसन्धान निर्देशक राष्ट्रिय अनुसन्धान , राम बिचारी ठाकुर डिभिजन वन अधिकृत र केवल लाल चौधरी भजनि नगरपालिका प्रमुख , राजु तिरुवा उपप्रमुख भजनी नगरपालिका , बिजय राज श्रेष्ठ सरक्षणकर्मी लगायत टोलिले तालको स्थलगत अनुगमन गरेको थियो ।

तत्कालीन समयमा तालको रेखाङ्कन गर्दै तालको क्षेत्र छुट्याउने सहमति स्थानीयसँग भएको थियो। अतिक्रमणमा परेको तालको जग्गामा हिउँदे बाली लगाइसकेको हुँदा बाली भित्र्याए पछि सो जग्गामा खेती नगर्ने जनाउँदै स्थानीयसँग सहमतिसमेत भएको थियो। त्यसैअनुसार तालको काम अगाडि बढाइएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिए। 

“पुरैना ताल भजनीको मात्रै नभै कैलाली जिल्लाकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो जसमा भारतीय दुधुवा नेशनल पार्क सङ्ग प्रत्यक्ष रुपमा जोडिएको हुदा पुरैना ताल पुन निमार्णका लागि आवश्यक रहेको छ ।
यसको पुननिर्माणका स्थानीय सरकारले सुरुदेखि नै प्रयास गर्दै आएको छ।: उनले “त्यसमा स्थानीय नागरिकले पनि साथ दिएका छन्। तालको जग्गा खाली भएपछि त्यसको उत्खनन र त्यसपछिको कामको लागि बजेटको बजेटको सुनिश्चितता भने हुन सकेको छैन ।” उनले आगामी वैशाखबाट तालको सबै जग्गा खाली हुने विश्वास रहेको चौधरीले बताए । 


स्थानीय नागरिक ताललाई पुनर्जीवन दिने कुरामा सकारात्मक देखिएका कारण तालको उत्खननको प्रक्रिया अगाडि बढाउन सकिएको सवडिभिजन वन कार्यालय भजनीका प्रमुख मोहम्मद ताहा हुसैन मिकरानीले”पटकपटक स्थानीयसँग पुरैना तालको विषयमा छलफल हुँदा उनीहरु सकारात्मक देखिएका छन्। उनले भने, “सबैको साथ सहयोग भयो भने ताललाई पुरानै अवस्थामा फर्काउन समस्या हुँदैन भन्ने लाग्छ।” उनले आआफ्नो क्षेत्रबाट तालको अस्तित्वलाई फर्काउन लाग्नुपर्ने पनि बताए। 

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।
मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।


पुरैना ताल अतिक्रमणमा परेको ताललाई पुरानै स्वरूपमा फर्काउन नापी कार्यालय कैलालीको प्राविधिक टोली र सब डिभिजन बन कार्यलय भजनीको टोलि रेखांकनमा खटिएको हो ।
अहिले गहु बाली रहेकाले किसानको लगानीलाई खेर नजाओस भनी रेखांकन कार्य अहिले गरिएको र ताललाई पुरानै स्वरूपमा फर्काउन वैशाखपछि माटो हटाउँछौँ , त्यसको पुन निमार्णको कार्य गर्ने भजनी सब डिभिजन वन कार्यालयसँग मिलेर ताललाई पुरानो स्वरूपमा फर्काउँछौँ,

डिभिजन वन कार्यालय पहलमानपुरको आग्रहमा लालपुर्जा भएको व्यक्तिको जमिन र तालको क्षेत्र छुट्याउन सुरु गरिएको नापी कार्यालय कैलालीका प्रमुख नापी अधिकृत जनकराज भट्टले जानकारी दिए । रेखांकनका लागि खटिएका नापी कार्यालयका अमिन अक्षय कठरियाले स्थानीय बासिन्दा, जनप्रतिनिधि, नगरपालिका र वन कार्यालयका कर्मचारीको समन्वयमा काम थालेको बताए । उनका अनुसार तालसँग जोडिएको व्यक्तिका लालपुर्जा भएको जमिन नापेर छुट्याएपछि तालको क्षेत्र छुट्याइनेछ । तालसँग जंगलसमेत जोडिएकाले व्यक्तिको जग्गा जोडिएको क्षेत्रमा नापजाँच गरिएको छ ,
तालको रेखांकन गर्दै तालको क्षेत्र रहेको ठाउमा सिमेन्टको स्तम्भ गाडिएको छ , स्तम्भहरु हराउने डरले वन कार्यलयले डेढ फिट माटोमा तल गाडेर सिमेन्ट घोलले जमाएको छ भने गाडिएको स्तम्भलाई नम्बरिङ्ग गरि कस्को खेतमा कति नम्बर स्तम्भ छ अभिलेख गरिएको छ , यसले रेखांकन गरिएको कहि कति हटाइएको सहज रुपमा थाहा पाइने खोजी गर्न सजिलो हुने सब डिभिजन बन कार्यलय भजनी का रेन्जर कपिल बास्तोलाले जानकरी दिए ।

भजनी– ७ का वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार ०६४ को बर्खामा मोहना नदीको बाढी तालमा पसेपछि बालुवाले भरिएको थियो । ०७५ थप अर्काे बाढीले पनि ताल पुर्‍यो । ताल पुरिएपछि स्थानीयले खेती लगाउन सुरु गरेका थिए । ‘ताल पुरिएको एक–दुई वर्षपछि स्थानीयले खेती लगाउन सुरु गरे । अहिले यहाँ तालको अस्तित्व नै छैन,’ उनले भने । स्थानीयका भनाइमा जंगलसँग जोडिएको यो ताल पाँच सय बिघामा फैलिएको थियो । तर, नक्सामा तालको क्षेत्रफल एक सय ४४ बिघा आठ कट्ठा १२ धुर उल्लेख रहेको नापी कार्यालयले जनाएको छ । तालको क्षेत्र नक्सामा भन्दा बढी रहेको वन कार्यालयको दाबी छ । नापीले भने व्यक्तिको लालपुर्जा भएको जमिन नापेर छुट्याएपछि तालको क्षेत्र यकिन हुने बताए । 

वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण मानिएको छ । स्थानीयका अनुसार पहिले सयौँ बिघा क्षेत्रमा फैलिएको यो ताल जलचर र विभिन्न प्रजातिका चराको वासस्थानका रूपमा थियो । वसन्ता जैविक मार्ग भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्छन् । वसन्तासँग जोडिएको यो तालमा वन्यजन्तु पानीका लागि आउने गर्थे । अतिक्रमण हटाएर ताललाई पुरानै स्वरूपमा फर्काउन सके जैविक विविधताको संरक्षणमा टेवा पुग्नेसँगै पर्या–पर्यटनको समेत विकास हुने वडाध्यक्ष कठरियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille

Mainio Kasino: Online Roulette Expert Review

Tervetuloa TonyBet-verovapaa-arvosteluun!

NordicBet Kotiutus – Expert Guide for Online Casino Players

Промокод на Олимп Бет: как выгодно использовать бонусы

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता वनमा पुग्यो पाटे बाघ

 जमुना न्युरे,धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् ।

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ५ मा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मा

अझै पढ्नुहोस्
पर्यटन

धार्मिक क्षेत्र परशुराम धाममा पर्यटक आकर्षण गर्न पानीको फोहोरा

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ परिगाँउ अन्तरगत महाकाली नदिको किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र परशुराम धाममा पानीको फोहोरा निर्माण गरिएको छ । धार्मिक रुपमा निकै

अझै पढ्नुहोस्