युनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन

शेयेर गर्नुहोस


काठमाडौं/नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न आग्रह गरेको हो ।


युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श गर्नका लागि युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल र सदस्य सचिवमा युनियनका महासचिव दिलीप पौडेल रहेका छन् ।


महासंघको अधिवेशन जेठ २६ गते तोकिएको भए पनि सदस्यता विवाद नटुंगिए पछि युनियनले महासंघका शाखाले सर्वसम्मत रूपमा सिफारिस गरेका सदस्यहरू कायम गर्न, जिल्लाबाट सिफारिस गरेपछि कतिपय प्रदेश समितिले हटाएका नामलाई समेत कायम गर्नुका साथै कारणबस छुटेर प्रदेश समितिमा उजुरी परी छानबिनबाट सिफारिस भएका सदस्यहरूलाई कायम गर्दै महासंघको सदस्यता टुंगाउन आग्रह गरेको छ ।
सचिवालय बैठकले सन् २०२४ जुन १९ मा बेलायतको लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को वार्षिक साधारण सभामा सहभागी हुन नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई पठाउने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Figyelemreméltő stratégia a nyerőgépek szerelmeseinek az nvcasino online felületén, könnyedén és hatékonyan

Erfolgreiche Strategien, innovative Tipps und der nvcasino bonus für dein Spielvergnügen

Genuine excitement surrounds hellspin online casino and its expanding game selection today

Szórakoztató kihívás a chickenroad játékban, ahol a tyúk biztonsága a legfontosabb célod

Glückliche Momente entstehen mit slotsdj casino und vielen verschiedenen Spielautomaten für dein Vergnügen

Azzardo con Sperimentazione: Offerte e Giochi alla Velocità di Fastbet Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना सडक नाटक प्रदर्शन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका

अझै पढ्नुहोस्
समाचार

प्रजातन्त्र दिवसको अवसरमा बोगटान -१ सिचाैर द्वारा वृक्षारोपण

दिपक वि.क,डोटी/डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं:१ छिडिखाना ,सिमाचाैर ,द्वारा प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ। फागुन ७ गते ७३औं प्रजातन्त्र

अझै पढ्नुहोस्