महिलाको दिगो जीविकोपार्जनका लागि प्राविधिक तथा सामग्री हस्तान्तरण

शेयेर गर्नुहोस


महिलाहरूको दिगो जीविकोपार्जन पहुँच वृद्धि परियोजनाअन्तर्गत व्यवसाय विस्तारका लागि प्राविधिक तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मानव अधिकारका लागि एकल महिला धनगढीद्वारा आयोजना गरिएको हो भने आर्थिक सहयोग यूएन वुमन (UN/WOMEN) र सहजीकरण साभास नेपालले गरेका हुन्।

धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धि राज खड्का प्रमुख अतिथि रहेका कार्यक्रममा राजबहादुर ऐर, गजेन्द्र शाही र धर्मराज ओझा अतिथि रहेका थिए। यूएन वुमनको सहयोगमा तरकारी खेती, सिलाइ–कटाइ, होमस्टे सञ्चालनलगायत क्षेत्रका महिला उद्यमीलाई सामग्री हस्तान्तरण गरिएको हो।

यूएन वुमनका कार्यक्रम प्रमुख प्रतिभा चौधरीले महिलालाई केवल तालिम दिएर छोड्ने मात्र नभई.उनीहरूलाई आर्थिक रूपमा सबल बनाई आफ्नो आम्दानी र खर्चको निर्णय आफैं गर्न सक्षम बनाउन सहयोग गर्ने उद्देश्य रहेको बताइन्। साथै, उत्पादन भएका वस्तुको बजार व्यवस्थापन, सफलताको कथा सार्वजनिक गर्ने र आगामी दिनमा पनि सहयोग निरन्तर राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रमुख अतिथि वडाध्यक्ष खड्काले एकल महिलाको साथमा वडा सरकार सधैं रहने, उत्पादन वृद्धि गर्न प्रोत्साहन दिने र आवश्यकता परे मन्त्रालयसम्म समन्वय गर्ने प्रतिबद्धता जनाए। उनले वडा र पालिकाले छुट्टाछुट्टै पनि सहयोग गर्न सक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Spielbank Dortmund: Ein Blick in die Welt der Glücksspiele

Realz Jackpot Fever Strikes Again Today

Igra središča zvezd – Pravilo Gamlorije

The Ultimate Guide to Free Spin Casino Sites

PayPal Deposit Gambling Enterprises: A Convenient and Safe Method to Gamble Online

SlotLounge – Einblicke in die Glücksspielbranche

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न

भजनी/कैलाली जिल्लाको भजनिमा सामुदायिक वनका पदाधिकारी हरुका लागि एक दिने योजना तर्जुमा गोष्ठी कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुरको आयोजनामा सब

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्