महिला नेत्री बिसिले गरिन पुर्ब मन्त्री सिंहको सम्झनामा फलफूल बितरण र कल्याणकारी कोषमा रकम जम्मा

शेयेर गर्नुहोस

जमुना न्युरे/जन्मदिनमा धेरैले केक काटने, पार्टी भोज मनाउने फजुल खर्च बढी गर्ने कार्यको होडबाजी चलिरहेको बेला एकजना महिला नेत्रीले भने आफ्नो जन्म दिनमा दिवंगत आफ्ना राजनीतिक अभिभावकहरुको सम्झना गर्दै वहाँहरुले देखाएको सत्मार्गमा हिडन सकु समाजमा वहाँहरु जस्तै जनप्रीय बन्न सकु भन्ने परिकल्पना र सोचाई राखेर वहाँहरुको सम्झनामा एउटा अस्पतालमा फलफुल बितरण गर्नु भएको छ ।

बझाङ जिल्लाको मष्टा गाउँपालिका -३ बझाङ निवासी महिला नेत्री समाजसेवी श्री साधना बि सि ले आफ्नो जन्म दिनको अवसरमा आफ्नो राजनीतिक अभिभावकको सम्झना गर्दै पुर्ब मन्त्री स्वर्गीय पृथ्वी बहादुर सिंह र वहाँकी धर्मपत्नी स्वर्गीय अमृता सिंहको स्मृतिमा जिल्ला अस्पताल बझाङ चैनपुरमा फलफुल बितरण गर्नु भएको छ ।

फलफुल बितरण संगै महिला नेत्री बिसीले डेउडा प्रतिष्ठानले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा समेत दुई हजार एक सय पन्ध्र रुपैयाँ संस्थाका कोषाध्यक्ष प्रेम बिबश चन्दलाई हस्तान्तरण गर्नु भएको छ ।

समाजमा जन्मेपछी एकदिन मर्नु निश्चित छ तर समाजमा केही उदाहरणीय कार्य गर्न जरुरी हुन्छ बिसीले भन्नु भयो । डेउडा प्रतिष्ठानले सुरु गरेको कलाकार कल्याणकारी कोषमा केही रकम थप्दा कलाकारको जीवनमा भैपरि आउने ठूलो समस्या टार्न केही सहजता ल्याउने एउटा शुभ कार्यको थालनी गर्नु भएको यस पुण्य कार्यमा सरिक हुन मात्रै खोजेकी हुँ बिसिले भन्नू भयो ! म बैबाहिक जीवन पश्चात जब बझाङ पुगे माईती कैलाली जस्तै बाताबरण पाए मैले एक कुशल अभिभावक जनप्रीय नेता पृथ्वीबहादुर सिंह र अमृता सिंहको सामीप्यता पाएँ ।

वहाँहरुको जनता प्रतिको माया, स्नेह ,सदभाव र समाबेशी समतामूलक समाज निर्माणमा वहाँहरुको भुमिका अहम थियो सो बाटो मैले पछ्याउने प्रयत्न गरिरहेकी छु । कति सक्छु त्यो मेरो राजनीतिक सामाजिक यात्राले तय गर्नेछ बिसीले भन्नू भयो ।

नेपाल साँस्कृतिक संघ हुँदै नेपाली काँग्रेसको राजनीतिमा प्रबेश गरेकी बिसीले छोटो समयमा नै आफुलाई अब्वल साबित गर्नु भएको थियो । नेपाल साँस्कृतिक संघ कैलालीबाट राजनीतिक यात्रा सुरु गर्नु भएको बिसिले बझाङ जिल्ला मष्टा गाउँपालिका -३ निवासी रमेश आग्री संग बैबाहिक बन्धनमा बाधिए संगै नेपाल साँस्कृतिक महासंघ केन्द्रीय सदस्य , नेपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङ जिल्ला सदस्य हुँदै प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यको दलित महिलाको सुचीमा पर्न सफल हुनु भएको थियो ।

सबै प्रक्रियाले पूरा गरेकी बिसि उमेर मात्रै २ दिन कम हुँदा प्राबिधिक कारणले समानुपातिक साँसद बन्न बाट बञ्चित हुन पुग्नु भएको थियो । फेरि उनलाई लाग्यो मैले ह्रास खानु हुन्न प्राबिधिक कारणले पछि परेपनी एकदिन म समावेशी समतामूलक समाज निर्माण गर्न अवश्य नेतृत्व गर्ने छु तर अहिले म यत्तिकै बस्नु हुन्न भनेर ! स्वास्थ्य क्षेत्रको रेडियोग्राफीमा नेपाल टप उनले ६ महिनाको अन्तरमा ४ वटा लोकसेवा पार गर्नु भयो । ती मध्य उनलाई कर्णाली उपयुुक्त लाग्यो , दुखी कम्जोर अवस्था भएकाहरुलाई सेवा गर्न रुचाउने बिसी हाल कर्णाली प्रदेश अस्पतालमा कार्यरत रहनु भएको छ ।

ताजा खबर

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

The Best Live Dealer Roulette Online USA: A Comprehensive Guide

Jugabet Login Error Codes: What Each One Means

Comprehending Free ESA Letters For Professionals

Jogo da Roleta Brasileira: Tudo o que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !