म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

शेयेर गर्नुहोस

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।

सांसद गजुरलेले भने दुबै पक्षको भेलामा नजाने बताएका छन् । ‘हामीले पार्टी एकताको पक्षमा प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन’ स्थायी कमिटी सदस्य गजुरेलले अनलाइनखबरसँग भने, ‘पार्टीमा जुन अवस्था आयो, त्यो निकै दुःखद छ ।’

उनले आइतबार आफूले प्रधानमन्त्रीलाई भेटेको भनेर गरिएको प्रचारको पनि खण्डन गरे । उनले भने, ‘अहिले म कतै पनि गएको छैन र जान्नँ पनि ।’

ताजा खबर

Cassino Roleta Brasileira: Um Guia Completo para Jogadores

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

The Best Online Roulette: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुक्त कमैयाको समस्या समाधान गर्न बजेटमै आवश्यक व्यवस्था गरिने : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ। आफ्नो आवाससहित गास,

अझै पढ्नुहोस्