भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

शेयेर गर्नुहोस

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन् ।

आज विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण –एनडिआरआरएमए)द्वारा प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डीपीनेट)का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले स्थानीय स्रोत साधनको प्रयोग गरी पुर्ननिर्माण गर्ने भनिए पनि स्थानीय रुपमा पाइने गोलो ढुंगा घर पुर्ननिर्माणका लागि उपयुक्त नभएको, आर्थिक स्रोतको अभाव नै प्रमुख चुनौति बनेको बताउनुभयो । नेपालमा पुर्ननिर्माणका लागि फाइनान्सिङको अवस्था डरलाग्दो रहेको उल्लेख गर्दै विदेशको तुलनामा नेपालमा फाइनान्सिङ हुन नसकेको बताउनुभयो । उहाँको कथन थियो, ‘विदेशमा कुनै विपद परे अन्तर्राष्ट्रिय मिडिया कभरेजले पनि फाइनान्सिङको लागि धेरै सहयोग गर्छ तर नेपालको सवालमा अन्तर्राष्ट्रिय मिडिया कभरेज पनि हुन नसक्दा फानान्सिङको समस्या छ ।’ उहाँकाअनुसार नीजि घर तथा सार्वजनिक कार्यालय, विद्यालय लगायतका संरचना निर्माण गर्न नै अर्बौं खर्च गर्नुपर्ने अवस्था छ । 

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पोखरेलले डीपिनेटकै सकृयतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ संशोधनसहित, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ तथा विपद लेखाजोखा मार्गदर्शन २०७२ लगायतका कानूनी संरचना तथा प्राधिकरणको गठन भएको उल्लेख गर्नुभयो । साथै पोखरेलकाअनुसार राहतसम्बन्धी मापदण्ड, स्वयंसेवकलगायतका थुप्रै नीतिहरू निर्माणको अन्तिम चरणमा रहेका छन्  । 

कार्यक्रममा डीपीनेटका नवनिर्वाचित अध्यक्ष डा. राजु थापाले विपद मार्गनिर्देशनलाई संघीय संरचनाअनुसार अगाडि बढाउनुपर्ने, विपद लेखाजोखा मार्गदर्शन चाहिने, मार्गनिर्देशनहरूमा एकरुपता हुनुपर्ने, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण –एनडिआरआरएमए) दिवस मनाउनु पर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै डीपीनेटका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापाले सरकारले ल्याउन लागेको जलवायु परिवर्तनसम्बन्धी परिषद बनाउन ल्याएको मस्यौदा विधेयक अहिलेको अवस्थामा आवश्यक नरहेको उल्लेख गर्दै यो विषयलाई विपद प्राधिकरणअन्तर्गत नै एउटा शाखाको रुपमा अगाडि बढाउन सकिने बताउनुभयो । जलवायु परिवर्तन परिषद गठन भएको खण्डमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण –एनडिआरआरएमए) को कृयाकलापमा नकारात्मक असर पर्ने उल्लेख गर्दै दुईटा प्राधिकरण बन्न जरुरी नभएको निवर्तमान अध्यक्ष थापाको तर्क थियो  । 

स्मरणीय छ, जलवायु परिवर्तनको कारण जोखिममा परेको पर्यावरणको सुरक्षाको लागि एकीकृत जलवायु परिवर्तनसम्बन्धी कानुन निर्माण गर्न सवोच्च अदालतद्वारा निर्देशनात्मक आदेश –निर्णय नं. १०२१०) भएकोले उक्त आदेश कार्यान्वयन गर्न जलवायु परिवर्तन सम्बन्धी कानुन बनाउन आवश्यक भएको जनाइएको छ ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले डीपीनेटका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादा ओढाएर स्वागत तथा बधाई दिनुभएको थियो । 

प्रकोप पूर्वतयारी संजाल नेपाल (डिपिनेट नेपाल) को गत साता सम्पन्न १५ औं साधारण सभाबाट नवनिर्वाचित डा. राजु थापा नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको छ ।
प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नयाँ कार्यसमितिसँग विगतमा जस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य गरिने बताउनुभयो ।
उक्त अवसरमा कार्यसमितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापा, उपाध्यक्ष शक्ति गुरुङ, महासचिव सुरज गौतम, उपमहासचिव हर्षमान महर्जन सहितका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख अध्यक्ष रहने विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको सचिवालयको भूमिकामा डिपिनेट नेपाल रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

A siker útja a Burán keresztül.

Spinmama – Gry Hazardowe z Wyższej Klasztornej Szkoły Rozrywki

Roulette Sites Canada for Mac: The Ultimate Guide

Roulette with Live Dealer UK United Kingdom: An Expert Guide

Spielbank Bad Füssings Casinoerlebnis für jeden Spieler

Exploring the World of Online Slot Machines at Novibet Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा आवद्व भएको खुलासा

एल बि बुढा,टीकापुर/कैलालीको टीकापुर नगरपालिकाका नेपाली कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशमलाल चाैधरीकाे नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आवद्व रहेको खुलासा गरेका छन् । टीकापुर

अझै पढ्नुहोस्

Джойказино зеркало: как использовать и чего ожидать в 2024 году

Краткая характеристика зеркала Джойказино Зеркало Джойказино – это альтернативный домен, позволяющий обойти региональные блокировки и открыть основной сайт без VPN.В Казахстане, где правила онлайн‑казино постоянно

अझै पढ्नुहोस्