TRENDING
Eccezionali prospettive di gioco online si svelano con Wazamba casino per appassionati di scommesse sicure
Figyelmes játékosok számára a hot slot casino izgalmas nyereményekkel és nagyszerű élményekkel vár
Entusiasmo crescente per 20bet casino e nuove possibilità di gioco online davvero interessanti
Wydarzenia kasynowe i hellspin login otwierają możliwości wygranych online dla każdego gracza
Next
Prev

भारतले जित्यो यु-१९ एसिया कप क्रीकेटको उपाधि

शेयेर गर्नुहोस

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन  भएको खेलमा भारतले नौ विकेटको जित पायो । 

वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । तर, डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । यद्यपि दोस्रो पटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनु पर्ने थियो । 

सोही लक्ष्य भारतले २१.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा ओपनर अंक्रिश रघुवंशीले अविजित ५६ रनको अर्धशतकिय इनिङ खेले ।  सैक रसिदले ३१ रनको योगदान दिए । यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ३८ ओभरमा नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाका यासिरू रोड्रिगोले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै रविन डी सिल्भाले १५, मथिसा पथिराना र सदिसा राजापाक्षेले समान १४ रन जोडेका थिए । भारतका बिक्की ओस्तवालले तीन विकेट लिएका थिए । त्यस्तै कुशल तम्बेले दुई, राजवर्धन हंगरगेकर, रवि कुमार र राज बावाले एक/एक विकेट हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

बास नेपाल घोडाघोडी उपशाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,सुखड / बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपशाखाले प्रजातन्त्र दिवसको अवसर पारि घोडाघोडी नगरपालिका १ सुखडमा रक्तदान कार्यक्रमको

अझै पढ्नुहोस्
समाचार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकार उदासिन भएको आरोप

कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज मिति २०८० मंसिर १० गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि

अझै पढ्नुहोस्
समाचार

सामुदायिक बनका पदाधिकारीहरुलाई बन डढेलो ब्यबस्थापन तालिम

जमुना न्युरे,सुखड/कैलालीको भजनिमा सामुदायिक बनका पदाधिकारीहरुलाइ बन डढेलो ब्यबस्थापन सम्बन्धि तालिम दिएको छ । डिभिजन बन कार्यलय पहमानपुर आयोजना र तराइ भु – परिधी कार्यक्रम

अझै पढ्नुहोस्