बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या

शेयेर गर्नुहोस

 मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा बौराहा खोलामा आएको बाढी र कौवा खोलामा आएको बाढीले काठेपुल बगाएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगर स्थित काठे पुल बगाउँदा विद्यालय जाने बालबालिका विद्यालय जानबाट वञ्चित भएको वडा नम्बर ८का वडाध्यक्ष वीरबहादुर साउँदले जानकारी दिए

विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटो साँडेपानी र बेलकोट हुदै जानुपरेको छ । तारानगर, तिलकेनी, जरै, बछुरियाका स्थानाथीलाई वारी आउन समस्या भएको छ ।” 

नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ । पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँजेपछि त्रैमासिक परीक्षा भएकै कारण विद्यार्थिहरु परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर  जान बाध्य भएको तारानगर बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष महेश बडुवालले जानकारी दिए ।

त्यसै गरी घोडाघोडि नगरपालिका वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचमा रहेको डोडा नदिको काठे पुल बगाएको कारण दरख माध्यमिक विद्यालय हरीनगर पढ्न आउने विद्यार्थी विद्यालय आउनबाट वञ्चित भएको सोही विद्यालयका शिक्षक दिनेशकुमार लामिछानेले बताए । परीक्षा चलेका कारण पाँच किलोमिटर घुमेर विद्यालय आउन बाध्य भएका छन ।

बाढीले डोडा र बौराहा खोलाको दुवै काठेपुल क्षतिका साथै बगाएको खोलामा पक्किपुल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । पक्किपुल निर्माण कार्य ढिलासुस्तीका कारण स्थानीले सास्ती खेप्नु परेको जनाइएको छ ।

गए राती आएको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह सतर्कता तह पार गरेको जल मापन केन्द्रले देखाएको छ । कान्द्रा नदीको बाढी पसेपछि वडा नम्बर ५ को फारम सरैया गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गरिएको वडाध्यक्ष लोकबहादुर चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

Understanding Slot Machines and Spinkings in Casino Games

Winbeast Slot Machine Success Rates and Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्
समाचार

निजामती कर्मचारीले वृक्षारोपण गरि मनाए स्थापना दिवस

जमुना न्युरे,धनगढी/नेपाल निजामती कर्मचारी युनियन को स्थापना दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका वडा न ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण कार्यक्रम सप्पन्न

अझै पढ्नुहोस्