बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या

शेयेर गर्नुहोस

 मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा बौराहा खोलामा आएको बाढी र कौवा खोलामा आएको बाढीले काठेपुल बगाएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगर स्थित काठे पुल बगाउँदा विद्यालय जाने बालबालिका विद्यालय जानबाट वञ्चित भएको वडा नम्बर ८का वडाध्यक्ष वीरबहादुर साउँदले जानकारी दिए

विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटो साँडेपानी र बेलकोट हुदै जानुपरेको छ । तारानगर, तिलकेनी, जरै, बछुरियाका स्थानाथीलाई वारी आउन समस्या भएको छ ।” 

नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ । पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँजेपछि त्रैमासिक परीक्षा भएकै कारण विद्यार्थिहरु परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर  जान बाध्य भएको तारानगर बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष महेश बडुवालले जानकारी दिए ।

त्यसै गरी घोडाघोडि नगरपालिका वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचमा रहेको डोडा नदिको काठे पुल बगाएको कारण दरख माध्यमिक विद्यालय हरीनगर पढ्न आउने विद्यार्थी विद्यालय आउनबाट वञ्चित भएको सोही विद्यालयका शिक्षक दिनेशकुमार लामिछानेले बताए । परीक्षा चलेका कारण पाँच किलोमिटर घुमेर विद्यालय आउन बाध्य भएका छन ।

बाढीले डोडा र बौराहा खोलाको दुवै काठेपुल क्षतिका साथै बगाएको खोलामा पक्किपुल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । पक्किपुल निर्माण कार्य ढिलासुस्तीका कारण स्थानीले सास्ती खेप्नु परेको जनाइएको छ ।

गए राती आएको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह सतर्कता तह पार गरेको जल मापन केन्द्रले देखाएको छ । कान्द्रा नदीको बाढी पसेपछि वडा नम्बर ५ को फारम सरैया गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गरिएको वडाध्यक्ष लोकबहादुर चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

प्रदेश

प्रधानमन्त्री देउवा टीकापुरमा, बाढी प्रभावितलाइ राहत दिने आस्वासन

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको पूर्वीक्षेत्रका बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।शुक्रबार प्रधानमन्त्री देउवाले टीकापुर क्षेत्रमा भएको बाढीपीडित क्षेत्रकाे स्थलगत अवलोकन

अझै पढ्नुहोस्
समाचार

नेपाली हर्ट ग्रुप नेपालले गर्‍यो सहारा घरमा खाद्यान्न सहयोग

सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको छ

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

निजामती कर्मचारी द्वरा सरकारी सेवा ठप्प पार्ने चेतावनी

जमुना न्युरे, धनगढी / धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड योजना ल्याएको छु मुख्यमन्त्री शाह

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १ मा रहेको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड

अझै पढ्नुहोस्