बाघको आक्रमणबाट १ महिला बेपत्ता

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कञ्चनपुरको बेलौरी नगरपालिका–८ खप्टीनालामा बाघले एक महिला माथि आक्रमण गरेको छ । अन्दाजी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरी बेपत्ता गरेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका वडा ८ पचही बस्ने चन्दलाइ बिहान १० बजे घर नजिकै को खप्ति नालामा घास काट्दै गर्दा बाघले आक्रमण गरेको स्थानीय दुर्गा सापकोटा ले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ । उनिसंगै गएका महिलाले भागेर ज्यान जोगाएका छन्। उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए । नाला किनारमा सिमसार जमिन र झाँडी भएका कारण खोजीमा समस्या भइरहेको छ ।

उनी बिहानको सितलमा सधै जस्तो आफ्नै खेतवारिको छेउमा रहेको खप्टी नालामा घाँस खोज्न गइन उनलाइ त्यहा बाघ आयको छ भन्ने कुरा जानकारी थियन ।

उनलाइ बिहान १० बजे नै बाघले आक्रमण गरेको भनिए पनि अहिले सम्म ती महिलाको शब भने फेला परेको छैन ।
शब खोजिका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी , वन कार्यलय , स्थानीय तह खटिएको सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।
उक्त बाघलाइ अब उद्दार गरि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइने र बाघको उद्दारका लागि प्राबिधिक टोलि बर्दिया बाट हिडि सकेको यादबले बताए ।

यस अघि पनि चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका–१०, मदन टोल भीम बस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको थियो ।
करिब महिना अघिदेखि यता जिल्लाको बेलौरी र पुनर्वासलगायत कैलालीका सीमावर्ती क्षेत्रमा बाघ देखिन थालेका छन् । घट्नापछि अहिले स्थानीय त्रसित बनेका छन् ।

ताजा खबर

Casino Bewertung App: Alles, was Sie wissen müssen

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल

अझै पढ्नुहोस्
समाचार

वन्यजन्तुका लागि जंगलमै पोखरी निर्माण

धनगढी,कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा

अझै पढ्नुहोस्