पहाडका किसान पाखो बारिमा कोदो रोप्दै

शेयेर गर्नुहोस

धनगढी/तराईमा धान रोपाइँ गरिसकेपछि किसान फूर्सदिला छन् । तर, पहाडका किसान भने जेठदेखि खेतबारीकै काममा व्यस्त छन् । सिँचाइका लागि कुला लाग्ने सेराखेत तथा ज्यूलाहरुमा धान रोपाइँ सकेर पहाडका किसान पाखो खेतबारीमा कोदो रोपाइँमा व्यस्त छन् ।

जेठदेखि धान खेतीमा व्यस्त आफूहरु अहिले भने कोदो रोपाइँमा खेतबारीमै रहेको बडिकेदार गाउँपालिका–५ थानकोट गाउँकी मिना धामीले बताइन् । उनले भनिन्,‘अहिले गाउँघरमा कोदो रोप्न भ्याइनभ्याइ छ ।’ धानको तुलनामा कोदो रोपाइँ सजिलो हुने गरेको छ । धान रोपाइँका लागि पर्याप्त पानी चाहिने र हिलो बनाउनु पर्ने भए पनि कोदो रोपाइँका लागि भने खनजोत गरिएको गह्रामा भिजेको माटो भए पनि पुग्छ । भिरालो जमिनमा धान खेतीका लागि पानी नरोकिने भएकाले त्यस्तो जमिनमा कोदो रोप्ने गरिएको बताउँदै अर्का किसान तेज कोटकेनीले भने,‘असारमा धान खेतीमै व्यस्त हुने हामीहरु साउन लागेपछि भने कोदो रोप्न व्यस्त रहन्छौँ ।’ साउन महिनाभरि गाउँका किसानहरु भिरालो जमिनमा कोदो रोप्ने गर्दछन् । कोदो रोप्नका लागि मेघ कुर्नु नपर्ने उनी बताउँछन् ।


सुदूरपश्चिमका पहाडी जिल्लाका किसानहरु अहिले कोदो रोप्नमै व्यस्त रहेको सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख यज्ञराज जोशीले बताए । उनले भने,‘केही ठाउँमा कोदो छर्ने भए पनि अधिकांश ठाउँमा कोदो रोप्ने गरिन्छ, जुन अहिलेको समय नै उपयुक्त हो ।’ पुस्तौनीदेखि नै सुदूरपश्चिमका पहाडी जिल्लाका भिराला जमिनमा किसानले कोदो रोप्दै आएका छन् । कोदो खेतीमा लगानी कम लाग्ने सिँचाइ नपर्ने तथा मलखादको प्रयोगविनै खेती सप्रिने भएकाले पनि किसानहरु भिरालो जमिनमा कोदो खेतीमा आकर्षित भएको उनले बताए ।

उनले भने,‘भिरालो जमिनमा धान खेती नसप्रिने भएकाले किसानहरु कोदो तथा मकै रोप्ने गर्छन् ।’ कोदोलाई हेयको दृष्टिले हेर्ने गरे पनि पछिल्लो समयमा सहरका ठूला होटेल तथा रेष्टुरेन्टहरुमा कोदोको रोटी, हलुवा तथा बिस्कुटका परिकार बेचिन थालेपछि भने किसान कोदो खेतीप्रति आकर्षित छन् । कम मूल्यमा बेचिने कोदो अहिले प्रतिकेजी ५० रुपैयाँसम्मा बिक्री भइरहेको छ । बजार मूल्य राम्रो हुन थालेपछि पनि किसान कोदोमा आकर्षित हुन थालेको उनको भनाइ छ ।

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश सरकारले पनि रैथाने बालीका रुपमा रहेका कोदा, फाफर, कागुनो तथा जौ खेतीमा किसानलाई आकर्षित गर्न विशेष प्रोत्साहन कार्यक्रम लागू गरेको जोशी बताउँछन् । अहिले सबैभन्दा बढी रैथाने बालीका क्षेत्रमा बाजुरास्थित कृषि ज्ञान केन्द्रले सबैभन्दा बढी काम गरिरहेको छ । कोदोमा आइरन, क्याल्सियम, खनिज, प्रोटिन प्रसस्त मात्रामा पाइने गरेको छ । जसले गर्दा बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगायतका बिरामीका लागि निकै महत्वपूर्ण खाद्यान्न भएको सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख जोशीले बताए । जसले गर्दा पनि आम उपभोक्ता कोदोका परिकारमा आकर्षित हुन थालेका छन् ।


सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो भने २०८०/०८१ मा ४ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा कोदो रोपिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६० हेक्टर क्षेत्रफलमा कोदो रोपाइँको क्षेत्रफल घटेको देखिन्छ । तर, पनि कोदो प्रयोग गर्ने उपभोक्ता भने बढेका बढ्यै छन् । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ के उत्पादन ५ हजार १ सय ९० मेट्रिक टन रहेको छ भने उत्पादकत्व १ दशमलव २१ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।


अछामबाट आर्थिक वर्ष २०७८/०७९ मा १५५ क्विन्टल, २०७९/०८० मा ९३ क्विन्टल कोदो व्यापारमार्फत् नेपालगन्ज निर्यात गरिएको तथ्याङ्क छ भने बझाङबाट २०८०/०८१ मा एक सय क्विन्टल कोदो काठमाडौं निर्वात भएको तथ्याङ्कले देखाउँछ । जसले गर्दा पछिल्लो समयमा सुदूरपश्चिमबाट कोदोको निर्यात बढेको जोशी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Analyses en strategieën rondom https://the-betory-netherlands.nl bieden inzicht voor succesvolle weddenschappen

Actuele kansen vind je bij spinjoys casino voor een onvergetelijke ervaring

Exzellente Unterhaltung mit spinania casino und den besten Spielangeboten

Finest Online Casinos that Accept Bitcoin: A Total Overview

Ideal Bitcoin Gambling Enterprises: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

एमाले संग गठबन्धन गर्ने भ्रम फैलिएकोमा नागरिक उन्मुक्ति पार्टीकाे आपत्ति

टीकापुर/कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमाले विच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भनी भ्रम छरिएकोमा नागरिक उन्मुक्ति पार्टी ले आपत्ति जनाएको

अझै पढ्नुहोस्