पत्रकार बमको निवासमा पुगेर उर्जामन्त्री खड्काद्वारा समवेदना

शेयेर गर्नुहोस

धनगढी। संघीय सरकारका उर्जा जलस्राेत तथा सिँचाईमन्त्री दिपक खड्का सहितकाे टोलीले पत्नी वियोगमा रहेका पत्रकार मिन बमको निवासमा पुगेर समवेदना व्याक्त गरेका छन् । 

नेपाल प्रेस युनियन डोटीका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका बमको धनगढी उपमहानगरपालिका–७, शक्तिनगर पुगेर मन्त्री खड्काले समवेदना व्याक्त गरेका हुन् । 

मन्त्री खड्काले पत्नी वियोगमा रहेका पत्रकार बम पत्नी शव्या शाही बमको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष तथा नेपाल प्रेस युनियनका नेता श्रवण देउवाले जानकारी दिए ।

पत्रकार बमकी पत्नी शव्या शाही बमको साउन ५ गते उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Giochi di Slot ad Alta Volatilità presso lEmporio del Menace Casino

Understanding Chicken Road 2: A Gambling Theme Overview

Introducción a la plataforma de juego Dragon Money Casino

Overview of Novibet Casino Gaming Platform Features

What is iWild Casino?

Świetne Ruchy w Miejscu Tytanów Dynamitu Slotow

सम्बन्धितखवर

छुटाउनु भयो कि !