नेपाली काँग्रेसको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन शुरु

शेयेर गर्नुहोस


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि शुरु भएको छ । आइतबार शुरु भएको अधिबेशनको चौथो अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको चौथो अधिबेशन आह्वान गरेको पत्र सभामा पढेर सुनाएका थिए ।


प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अनुपस्थितिमा सभामुख भण्डारीले अघि बढाएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरु उपस्थित भएपनि अन्य प्रदेश सभा सदस्यहरु अनुपस्थित रहेका थिए । सभामुख भण्डारीले सभा सञ्चालन गर्दा दलिय भुमिका निर्वाह गरेको भन्दै काँग्रेस उनीहरुले बैठक बहिस्कार गरेको हो ।


बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी आर्थिक वर्षमा ल्याउने बजेट अन्र्तगत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सभामा पेश गरे ।
प्रदेशकी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरिन भने प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाउन प्रस्ताव पेश गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vegashero Casino Slot Games Experience

Lucky 777 Cherry Casino Slot Machine Experience

The Spinathlon Slot Machine Game Experience

CastleBingo Casino Slot Machines and Game Odds Explained

Geweldige kansen ontdek je bij circuscasino, van inzet tot uitbetaling

Verbazingwekkende strategieën rond zombillion en de toekomst van gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चार युवा वैज्ञानिक मुख्यमन्त्री शाहद्वारा सम्मानित

धनगढी, असार १४ – विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सुदूरपश्चिमका चार जना युवा वैज्ञानिकलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मान गर्नुभएको छ।

अझै पढ्नुहोस्
समाचार

प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिता

धनगढी / प्रथम प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिताको उपाधी धनगढीले जितेको छ । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ अपागंता भएका ब्यक्तीहरुका लागी आयोजित

अझै पढ्नुहोस्