TRENDING
Pleasant surprises await with funbet casino and its exclusive gaming options
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Next
Prev

नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे , धनगढी /नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम आज देखि धनगढीमा सुरु भएको छ ।

नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा
नेपाली काँग्रेसको शुभेच्छुक संघ रहेको नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रमको एक समारोहका बिच उदघाटन भएको छ ।

नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेपाल साँस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा)को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले एक समारोहका बिच उदघाटन गर्नु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट , नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेत माननीय बिक्रम धामी, पुर्ब मन्त्री टेकबहादुर रैका , नेपाल साँस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष तीर्थ बहादुर थापा रहनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित , सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान उपकुलपति नेपाल प्रेस युनियनका पुर्ब केन्द्रीय सदस्य डा.टि एन जोशी , नेपाल साँस्कृतिक महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष जनार्दन आचार्य , महामन्त्री त्रय राजेन्द्र के.सी. शिबशंकर प्रसाद रिजाल , गणेश सुवेदी , सह-महामन्त्री शंकर दत्त जोशी , केन्द्रीय सदस्य बिष्णु भक्त खैर, केन्द्रीय सदस्य प्रेम बिबश चन्द,संघका कञ्चनपुर जिल्ला उपाध्यक्ष अग्रज लोक गायिका सरस्वती दहाल , सचिब जय बहादुर कुवँर कैलाली जिल्ला सदस्य माया पाण्डेय लगायतले आ-आफ्नो शुभकामना मन्तव्य सहित प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ६ जना स्रष्टालाई सम्मान पनि गरिएको छ बहुचर्चित गीतकार एवं नेपाली काँग्रेस बाजुराका नेता राजेन्द्र शाह बिपि , चर्चित लोक डेउडा गायक प्रकाश थापा (बाजुरा) , लोक गायिका सरस्वती दाहाल (कञ्चनपुर ),गायिका,नृत्याङ्गना एवं स्वास्थ्यकर्मी साधना बि.सि. (बझाङ ), समाजसेवी सरिता साउँद ( डडेल्धुरा ) र जिल्ला सभापति मध्य बाट चन्द्रा साउँद ( डोटी) लाई सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pleasant surprises await with funbet casino and its exclusive gaming options

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

सम्बन्धितखवर

छुटाउनु भयो कि !