नेपाल बैंकले टिकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुरस्थित नेपाल बैंक लिमिटेडले टीकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने भएको छ ।

बैंक र नगरपालिकाबिच नगरपालिकाका स्थायी कर्मचारीलाई विना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने सम्झौता भएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी र बैंक टीकापुर शाखा प्रमुख नरेन्द्रकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेर सो सम्झौता गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले बैंकले नगर पालिकालाई विश्वास गरेर कर्मचारीलाई ऋण दिनुले नगर क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि हुने बताए । उनले भने ‘बैंकले नगरपालिकालाई विश्वास गरेको छ, अब कृषि क्षेत्रमा समेत किसानहरुलाई सहुलियतपूणर् ऋणको व्यवस्था गर्ने अपेक्षा गरेका छौं ।’

कार्यक्रममा बोल्दै बैंकका सुदूरपश्चिम प्रादेशिक प्रमुख जनक प्रसाद सुवेदीले प्रदेश सरकारसँग भएको सम्झौता बमोजिम नगरपालिकाले कोष खडा गरेर कृषकहरुका लागि समेत ५ लाख रुपैयाँसम्म ऋण लगानी गर्ने योजना रहेको छ । उनले सामाजिक क्षेत्रमा सहयोग गर्न बैंक तयार रहेको बताउँदै नगर पालिकाको आर्थिक विकासमा बैंक सहयोगी बन्ने विश्वास गरे ।

कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रकाशकीय अधिकृत दमनसिंह चौधरीले भोको पनि नपर्ने, पेट पनि नभर्ने स्थितिमा रहेका कर्मचारीलाई बैंकको ऋण योजनाले सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै बैंकका शाखा प्रबन्धक नरेन्द्रकुमार मिश्रले नगर पालिकाको सिफारिसमा स्थायी कर्मचारीलाई १५ लाख रुपैयाँसम्म ऋण लगानी गरिने बताए ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

Gates Of Olympus Demo Joacă Păcănele Gratis 2026″

सम्बन्धितखवर

छुटाउनु भयो कि !