नारायणपुर उप शाखाकाे २९ औं उप-शाखा सभाकाे अधिवेशन सम्पन्न

शेयेर गर्नुहोस


नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे अधिवेशन सम्पन्न भएको छ । साेमबार नारायणपुरमा उप शाखाकाे २९ ओै उप शाखा सभाकाे अधिवेशन सम्पन्न भएको हाे ।


नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाका सभापति टाेप बहादुर के.सी.काे अध्यक्षतामा भएको अधिवेशनमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाेैधरी, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, नेपाल रेडक्रस साेसाइटी कैलाली जिल्ला सभापति बाशुदेव विनाडी र साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत विशिष्ट अथिति रहनु भएको थियाे ।


नारायणपुर उप शाखाका उप सभापति धनसरी काेइरालाकाे स्वागत मन्तव्य संगै सुरु भएको अधिवेशनमा प्रगति प्रतिवेदन सचिव पुर्ण नायकले प्रस्तुत गर्नुभएको थियो । भने लेखापरीक्षणकाे आर्थिक प्रतिवेदन काेषाध्यक्ष मनिराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियाे ।


अधिवेशनमा निर्वाचन समितिका संयाेजक भिम बहादुर महर, समाजसेवी नरेश्वर धमला, शिक्षक विक्रम धामी , समाजसेवी पल बहादुर बस्नेत र जिल्ला सदस्य रंग तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समचार तयार गर्दा सम्म अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रकृया अघि बढेकाे निर्वाचन समितिका संयाेजक भिम बहादुर महरले जानकारी दिनुभयो ।

ताजा खबर

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

Czym jest gra Chicken Road 2 w kasynie online?

Yaamava Casino: Overview and Amenities

Czym jest Coins Game Casino – grę hazardową w kasynie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विभिन्न पदमा आफन्तलाइ दियको नियुक्ति खारेजको माग सुदूरपश्चिम एमाले संसदीय दल

धनगढी/नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिममा एमालेका मन्त्री राज्यमन्त्रीहरूले परिवारका सदस्यहरूलाई दिएको नियुक्ति खारेज गर्न भनेको छ । एमाले संसदीय दलको कार्यालय आगलागीले ध्वस्त

अझै पढ्नुहोस्