TRENDING
1x Казино Зеркало: Пошаговый гид для новичков
Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii
Bookmakers hors ARJEL en France – légalité et risques
Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano
Next
Prev

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सम्पन्न गरिएको हाे ।
टीकापुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्षता रामसेवक महत्ताेकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी, केन्द्रीय सदस्य दिपक निसानी र वडा नं. ५ का वडा अध्यक्ष राम शंकर डगाैरा थारु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

लक्ष्मण चौधरीकाे संयाेजकत्वमा ३१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा साेम प्रकास चाैधरी, काेषाध्यक्षमा भागि देवि कनमी, सचिवमा पुजा वि.क. र सह-सचिवमा शिवलाल चाैधरी चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क.,ले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।
नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

Bookmakers hors ARJEL en France – légalité et risques

Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सृजनात्मक लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनगढी: पश्चिम नेपाल क्षेत्रका विभिन्न दाङ , बर्दिया , कैलाली र कंचनपुर जिल्लाका पत्रकारहरुलाई सृजनात्मक लेखन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मित्र

अझै पढ्नुहोस्
समाचार

पुन : अतिक्रमण हटाउँदै पुरैना तालको डिभिजन वन

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको १ बर्ष भित्र पुन अतिक्रमणको चपेटामा परेको ताललाई आज डिभिजन वन कार्यलय पहलमानपुर कैलालीले पुन :

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

हेल्थ अवार्डबाट टीकापुरका स्वास्थ्य कर्मी केवलसिंह भुल सम्मानित

टीकापुर/स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० बाट कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक केबलसिंह भुल सम्मानित हुनुभएको छ ।

अझै पढ्नुहोस्