नगरप्रमुख सुशिला शाही र डा. कमलेश यादवबीचको विवाद मिल्यो

शेयेर गर्नुहोस

लम्कीचुहा प्रादेशिक अस्पतालसँग सम्बन्धित विषयलाई लिएर उत्पन्न विवाद अन्ततः सहमतिमा टुंगिएको छ।

सामाजिक विकास मन्त्रालय धनगढीमा शुक्रबार आयोजित छलफलमा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेश प्रसाद यादवबीच सहमति भएको हो।

सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर तथा प्रदेश सभा सदस्य दिवानसिंह विष्टको उपस्थितिमा भएको छलफलपछि सामाजिक सञ्जालमा अस्पतालसँग सम्बन्धित विषयमा आएका सामग्रीलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्ने, आपसी सद्भाव कायम राख्ने तथा कार्यस्थलमा सुरक्षित र सौहार्दपूर्ण वातावरण निर्माण गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको जनाइएको छ। 

छलफलमा नगर प्रमुख शाही र डा. यादवले आपसी समझदारी र सहकार्यका माध्यमबाट स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री रानामगरले सम्बन्धित पक्षहरूलाई समन्वय र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी काम गर्न निर्देशन दिएका थिए।

यस सहमतिसँगै पछिल्लो समय लम्कीचुहा प्रादेशिक अस्पताललाई लिएर देखिएको विवाद समाधान भएको बताइएको छ।

ताजा खबर

A Comprehensive Guide to Legitimate ESA Letters

Kasyno online aplikacja: przewodnik dla doświadczonego gracza

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

Play Blackjack for Fun: An Overview to Enjoying the Standard Card Video Game

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Aviator демо‑счет: как начать В Казахстане онлайн‑казино растут, а игра Aviator привлекает всё больше новичков.Если вы только видите её название, демо‑аккаунт поможет понять, как всё

अझै पढ्नुहोस्