धनगढीमा सन्ध्याकालीन धनगढी उत्सव–२०८३ बिहिवारबाट सुरु

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा सन्ध्याकालीन धनगढी उत्सव–२०८३ को बिहिवार उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले उत्सवको औपचारिक उद्घाटन गर्दै स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता मेला -महोत्सव महत्वपूर्ण हुने बताएका छन्।

धनगढी उपमहानगरपालिकाको कार्यालय र राष्ट्र बैंक चोकबीचको क्षेत्रमा सञ्चालन गरिएको उत्सवको उद्घाटन समारोहमा आयोजक प्रभात इभेन्ट एण्ड मिडिया प्रा.लि. का अध्यक्ष प्रकाश छेडालले अध्यक्षता गरेका थिए। कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

उद्घाटन समारोहमा विद्यालयस्तरका विद्यार्थी तथा स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।

आयोजकका अनुसार उत्सव २० दिनसम्म सञ्चालन हुनेछ र असार ११ गतेसम्म चल्नेछ। गर्मीयामलाई ध्यानमा राख्दै उत्सव दैनिक साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिनेछ।

उत्सवमा करिब ३० वटा स्टल, मनोरञ्जनात्मक मेला तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ। आयोजकले करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

प्रवेश शुल्क विद्यार्थीका लागि २० रुपैयाँ र सर्वसाधारणका लागि ३० रुपैयाँ निर्धारण गरिएको छ। उत्सवले स्थानीय भाषा, कला, संस्कृति र सिर्जनशील प्रतिभाको विकास तथा प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास  लिएको धनगढी सन्ध्याकालीन उत्सवका संयोजक गुणाकर पनेरुले बताएका छन्। पनेरु उत्सवका कार्यक्रम सञ्चालक समेत हुन् ।  पनेरुसँगै कार्यक्रम सञ्चालन रेखा धानुकले गरिरहेकी छन् ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

निजी कम्पनीका एयरलाइन्सहरुले भाडा वृद्धि गरेको भन्दै ने बि सघ र तरुण दलले बिरोध

धनगढी,दसैमा राजधानी काठमाडौबाट धनगढी फर्कने यात्रुहरुले साविकको भन्दा दोब्बर बढी मूल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ र तरुण दल कैलालीले संयुक्तहरुमा आइतबार धनगढी

अझै पढ्नुहोस्
समाचार

खक्रौलामा गुल्मका ३३ जना सशस्त्र प्रहरीलाई जिल्ला तानिएको

धनगढी/कैलालीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म खक्रौलामा कार्यरत सशस्त्र प्रहरीका डिएसपी प्रदीप पौडेलविरुद्ध अनाधिकृत रूपमा सामान जफत गर्ने तथा व्यापारी र सर्वसाधारणलाई सास्ती दिने

अझै पढ्नुहोस्