धनगढीमा TVS Apache Ride सम्पन्न, वातावरण संरक्षणका लागि १०० भन्दा बढी बिरुवा रोपियो

शेयेर गर्नुहोस

धनगढी । बागेश्वरी अटोमोटिभ्स धनगढीको आयोजनामा TVS Apache Ride कार्यक्रम सम्पन्न भएको छ। जेठ २३ गते आयोजना गरिएको उक्त राइडमा ३० भन्दा बढी Apache राइडरहरूको सहभागिता रहेको थियो।


कार्यक्रमको आयोजना जगदम्बा मोटर्स र बागेश्वरी अटोमोटिभ्स धनगढीको संयुक्त सहकार्यमा गरिएको हो। नेपालका लागि TVS मोटरसाइकलको मुख्य वितरक जगदम्बा मोटर्स रहेको छ भने धनगढी क्षेत्रका लागि बागेश्वरी अटोमोटिभ्स आधिकारिक विक्रेताको रूपमा रहेको छ।


राइड धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सको शोरुमबाट सुरु भई अत्तरिया हुँदै हाटखोली क्षेत्रमा पुगेर सम्पन्न भएको थियो। राइड सम्पन्न भएपछि सहभागी राइडरहरूले वातावरण संरक्षण अभियानअन्तर्गत वन कार्यालयबाट उपलब्ध गराइएका बिरुवा हाटखोलीको वन क्षेत्रमा लगेर १०० भन्दा बढी बोटबिरुवा रोपेका थिए।


कार्यक्रमले मोटरसाइकलप्रेमीहरूबीच आपसी सम्बन्ध बलियो बनाउनुका साथै सुरक्षित र जिम्मेवार सवारी संस्कृतिको विकासमा सहयोग पुग्ने आयोजकले बताएका छन्। यस्ता राइडमार्फत राइडरहरूलाई मोटरसाइकल चलाउने सही तरिका, सुरक्षा उपाय तथा सवारी साधनको उचित प्रयोगबारे जानकारी प्रदान गरिँदै आएको आयोजकको भनाइ छ।


बागेश्वरी अटोमोटिभ्सले विगतदेखि नै सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको र आगामी दिनमा पनि ग्राहक तथा राइडरहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ।
TVS Apache Ride जस्ता कार्यक्रमले राइडरहरूलाई नयाँ अनुभव प्रदान गर्नुका साथै समुदाय, वातावरण र सुरक्षित यात्राको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


साथै बागेश्वरी अटोमोटिभ्सले धनगढीबाट विगत १० वर्षदेखि र अररियाबाट ५ वर्षदेखि TVS का बाइक तथा स्कुटर बिक्री गर्दै आएको जनाएको छ। कम्पनीले ग्राहकलाई लक्षित गर्दै बाइक तथा स्कुटर खरिदमा विशेष अफर तथा आकर्षक छुटसहित सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

La Gran Frecuencia de MegaFaraon en las Máquinas Tragamonedas Españolas

Seamless sports betting access with bovada lv and enhanced user experience

Parlak kombinasyonlar sunan Gates of Olympus vodds, oyunculara eşsiz fırsatlar veriyor

Essentielles réductions et bonuskong app pour optimiser vos achats en ligne durablement

Einzigartige Vorteile entdecken und mit bonuskong deine Ersparnisse steigern ist möglich

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

यहि महिना देउवा भारत भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतीय समकक्षीको निमन्त्रणमा उनी यही महिनाभित्र भारत भ्रमण जाने भएका हुन् । प्रधानमन्त्री देउवालाई भारतीय

अझै पढ्नुहोस्

Pin Up AZ üçün rəsmi onlayn kazino – rəsmi sayt / giriş üçün qısa və aydın bələdçi indi │ Pin-Up Casino Azərbaycan üçün registrasiya – problemlərsiz qeydiyyat + kampaniyalar haqqında bütün detallar │ Pin Up AZ üçün pulsuz fırlatmalar : necə aktivləşdirmək olar │ Pin-Up turnirlər : oyun kataloqu + pul yatırma və çıxarma üzrə icmal

Pin Up Casino Onlayn Azərbaycan ▶️ OYNA Содержимое Pin Up Casino haqqında məlumatlar Onlayn oyunlar və xasallar Qeydiyyat və maaş almaq Pin Up Casino –

अझै पढ्नुहोस्