धनगढीको मोहना नदी किनारमा जलदेवी कमलाको पूजा गर्दै मलाह जाति

शेयेर गर्नुहोस

साउन / माछा बेचेर जीवन गुजारा गर्ने मलाह जातिले धनगढीमा कुल देउता अर्थात् जल देवता कमलाको पूजा गरेका छन् । माछापालन, माछाको सिकार तथा माछाको व्यवसाय गरेर जीवनयापन गर्ने मलाहहरूले धनगढी–२ मोहना नदी किनारमा ‘कमला पूजा’ गरेका हुन् ।


धनगढीमा वर्षौदेखि माछा पालन, माछाको सिकार तथा माछा व्यवसाय गर्दै आएको मलाह जाति कूल पूजा गर्न दुई÷तीन वर्षको अन्तरमा मधेश प्रदेशको महोत्तरी तथा धनुषा पुग्ने गर्दछन् । तर, यस वर्षदेखि भने उनीहरुले धनगढीमै कमला पूजा गरेका हुन् । साउन महिनामा हुने कमला पूजालाई फूल, प्रसाद, मिष्ठान्न, तसमै (खीर) र पशुपंक्षीको बलिसँगै हुक्का, पिनी, रक्सी तथा मिथिलाञ्चलको माघे प्रसाद भनिने च्यूराको लडडु समेत चढाइने गरिएको नरेश सहानीले बताए ।

उनले भने,‘धनगढीमा हामी थोरै मात्र परिवार थियौँ, त्यसैले पनि मधेसमा रहेका आफन्तकोमा गएर कमला पूजा गथ्र्यौ, तर यसपालिदेखि भने धनगढीमै पूजा सुरुवात गरेका छौँ ।’ धनगढीमा मलाह जातिको संख्या वर्षेनि बढ्दो छ । अहिले धनगढीमा मात्रै मलाहका करिब एक सय परिवार माछाको व्यापार व्यवसाय गर्दै आएका छन् ।


पूजामा कमला मैया र भगवतीलाई पाठीको बलि दिनुका साथै कोइलावीर, दयालसिंह र शिवधर पजियारलाई खसी तथा बौरा ठकुराइनलाई हुक्का, पिनी, भुजा, रक्सी चढाइने गरेको उनले बताए । धनगढी–२ मा बसोबास गरिरहेका मलाहले आफ्नो टोलमा विशेष महोत्तरीअर्चना तथा नाचगानको आयोजन गरेका छन् । झाइल, मृदंगको मधुरो स्वरमा गवैयाहरूले गीत गाए ।

वर्षभरि पानीमा माछा मार्ने, डुंगा चलाउने, मखाना, सिंगडालगायतका जल उत्पादनहरु उनीहरुले संकलन गर्छन् र बेच्छन् । कमला पूजा गरेमा जलदेवी खुसी हुने र पानीबाट आफूहरुलाई कुनै खतरा नहुने विश्वास रहेको उमेश सहानी बताउँछन् । खोला तथा नदी किसानमा मात्रै बसोबास गर्ने मलाह जाति देशभर ६८ जिल्लामा बसोबास गर्दै आएको तथ्याङ्क छ ।

ताजा खबर

Free Casino Slot Games – Using Your Smartphone to Try Before You Purchase

Online Slot Bewertung – Vermeide Online-Slots Mit Gutem Platz Platz Haben

Free Gambling Establishment Slots: The Ultimate Guide to Enjoyable and Exhilaration

Kostenlose Spielautomaten mit Bonus und Freispielen

अटोको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

Ultimate Sweet Bonanza İndirme Kılavuzu: Yeni Oyuncular İçin Rehber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

जनप्रतिनिधिले निर्वाचनमा भाग लिन चाहे राजीनामा दिनुपर्ने

टीकापुर/ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ का लागि आचारसंहिता जारी गरेको छ । आज राजपत्रमा आज प्रकाशित आचार संहिता अनुसार स्थानीय तहका आउँदो निर्वाचनमा

अझै पढ्नुहोस्

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्