धनगढीको ईन्द्रोदयका विद्यार्थी आन्दोलित,शिक्षक कार्यकक्षमै थुनिए

शेयेर गर्नुहोस


धनगढी/कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित इन्द्रोदय आधारभूत विद्यालयका विद्यार्थीले अंग्रेजी शिक्षकको माग गर्दै प्रधानाध्यापकसहित शिक्षकहरूलाई कार्यकक्षभित्रै थुनेका छन् ।


विद्यालयमा विगत तीन महिनादेखि अंग्रेजी विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए । पटक–पटक अंग्रेजी शिक्षकको व्यवस्था गर्न आग्रह गर्दा पनि माग सुनुवाइ नभएको भन्दै बुधबार विद्यार्थीहरूले विद्यालयमा प्रदर्शन गरेका हुन् ।

आन्दोलनका क्रममा विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापक गोपाल बोगटीसहित शिक्षकहरूलाई कार्यकक्षभित्रै थुनेर च्यानल गेटमा तालाबन्दी गरेका थिए । करिब एक घण्टा ३० मिनेटसम्म प्रधानाध्यापकसहित शिक्षकहरू कार्यकक्षभित्रै थुनिएको विद्यालयले जनाएको छ ।प्रधानाध्यापक बोगटीका अनुसार विद्यालयमा विगत तीन महिनादेखि अंग्रेजी शिक्षकको अभाव रहेको छ । शिक्षक अभावका कारण पठनपाठनमा समस्या भए पनि निजी स्रोतबाट शिक्षक राख्नका लागि विद्यालयसँग आवश्यक आर्थिक स्रोत नभएको उनले बताए ।


‘विद्यालयमा विगत तीन महिनादेखि अंग्रेजी शिक्षकको अभाव छ । निजी स्रोतमा शिक्षक राख्नका लागि आर्थिक स्रोत छैन,’ प्रधानाध्यापक बोगटीले भने, ‘हामी कार्यालयमा बसिरहेका थियौँ । एक्कासि आन्दोलित विद्यार्थीले मलगायत शिक्षकहरूलाई करिब एक घण्टा ३० मिनेट च्यानल गेटमा ताला लगाएर थुने ।’


विद्यार्थीहरूले अंग्रेजी शिक्षकको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयसमक्ष पटक–पटक माग गर्दै आएको बताएका छन् । तर, आफूहरूको मागप्रति विद्यालय व्यवस्थापन समिति र धनगढी उपमहानगरपालिका–१८ का वडा अध्यक्ष भुवन रिजालले बेवास्ता गरेको विद्यार्थीहरूको आरोप छ ।


विद्यार्थीहरूका अनुसार लामो समयदेखि अंग्रेजी शिक्षक नहुँदा अंग्रेजी विषयको नियमित पठनपाठन प्रभावित हुँदै आएको छ । शिक्षक अभावका कारण आफूहरूको पढाइमा प्रत्यक्ष असर परेको भन्दै उनीहरूले तत्काल शिक्षकको व्यवस्था गर्न माग गरेका छन् ।
विद्यार्थीहरूले वडा अध्यक्ष रिजालले समेत आफूहरूको मागलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन् । अंग्रेजी शिक्षकको माग पूरा गर्न नसकिने र पढ्न मन भए अर्को विद्यालय जानुपर्ने आशयको गैरजिम्मेवार अभिव्यक्ति वडा अध्यक्षबाट आएको विद्यार्थीहरूको आरोप छ ।


वडा अध्यक्षको भनाइप्रति आक्रोशित विद्यार्थीहरूले विद्यालय परिसरमा वडा अध्यक्ष रिजालविरुद्ध समेत नाराबाजी गरेका थिए ।
विद्यार्थी आन्दोलित भईरहदा इलाका प्रहरी कार्यालय बहुलियाको टोली विद्यालय पुगेको थियो । विद्यार्थीहरूले प्रधानाध्यापक तथा शिक्षकहरूलाई कार्यकक्षभित्र थुनेर नाराबाजी गरिरहेको अवस्थामा प्रहरी विद्यालय पुगेको इलाका प्रहरी कार्यालय बहुलियाका प्रमुख भीम भट्टले बताए ।

‘आन्दोलित विद्यार्थीले प्रधानाध्यापक र शिक्षकहरूलाई कार्यकक्षभित्र थुनेका रहेछन् । विद्यार्थीहरू नाराबाजी गरिरहेका थिए,’ भट्टले भने, ‘हामी विद्यालयमा पुगेपछि विद्यार्थीसँग समन्वय गरी प्रधानाध्यापकसहित शिक्षकहरूलाई बाहिर निकाल्यौँ । घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।’

घटनापछि विद्यालयमा उत्पन्न परिस्थितिलाई सामान्य बनाउन प्रहरी, विद्यालय प्रशासन तथा विद्यार्थीबीच छलफल भइरहेको जनाइएको छ

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

सम्बन्धितखवर

छुटाउनु भयो कि !