दिलिप पेस्तोल, गोली, जरायोको सिङ सहित प्रकाउ

शेयेर गर्नुहोस

भजनी,कैलालीको भजनी नगरपालिका–९ आमबारि मा अवैध हातहतियार लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।

दिलिप कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल, गोली, जरायोको सिङदेखि मयुरको प्वाँखसम्म भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले बताएअनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र स्थानीय ३० वर्षीय सुरेश विकलाई नियन्त्रणमा लिएको हो।

“एक जना मात्र होइन, बाउछोरा नै हतियार लुकाएर बसेका रहेछन्। झन जंगलबाट ल्याइने अवैध वन्यजन्तुका अवशेष पनि भेटियो, अनुसन्धान अझै जारी छ,” डिएसपीले बताए।

बरामद सामान यस्तो छः

  • ‘NF BABY’ लेखिएको पेस्तोल १ थान, ११ गोली र म्यागजिन
  • ०.२२ बोर (हर्नेट) पेस्तोल १ थान, २४ गोली
  • कटुवा पेस्तोल १ थान
  • भरुवा बन्दुकको काठ भाग, छर्रा १ डिब्बा र बन्दुकको घोडा
  • मयुरको प्वाँख २ गुच्छा
  • जरायोको सिङ ३ थान

पक्राउ परेकामाथि हातहतियार तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप विवरणहरू आउने क्रममै रहेको डिएसपीले जानकारी दिए ।

ताजा खबर

Roulette Low Stakes Australia High RTP: A Comprehensive Review

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

विकास सबै नगरवासिको चाहना होइन र ?

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय

अझै पढ्नुहोस्