दिगाे विकास बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न,१६ लाख बढी नाफा कमाउन सफल

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर ८ स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।
शनिबार बटनपुरमा सहकारी संस्थाको १७ ओै बार्षिक साधारणसभा सम्पन्न भएको हाे ।


सहकारी संस्थाका अध्यक्ष गाेविन्द कठायतकाे अध्यक्षतामा भएको साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे भने सहकारीका पुर्व अध्यक्ष खगेन्द्र साउंद विशिष्ट अथिति रहनु भएको थियाे ।


टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले शेयर सदस्यकाे समस्या र आवश्यकतालाई मध्यनजर गर्दै सहकारी अघि बढ्नुपर्नेमा जाेड दिनु भएको छ । सहकारीले धेरै राम्रो काम गर्दै आएको भन्दै थारुले प्रशंसा गर्नु भएको थियो । थारुले ग्रामीण क्षेत्रमा किसानको जीवन स्तरमा परिवर्तन ल्याउने गरि सहकारीले काम गर्दै आएको बताउनुभयो ।


सहकारी संस्थाका उपाध्यक्ष जमुना पि. विश्वकर्माकाे स्वागत मन्तव्य संगै सुरु भएको साधारणसभामा समाजसेवी शेर बहादुर साउंद, समाजसेवी मीन बहादुर कठायत, समाजसेवी पदम राज जाेशि, धनसिंहपुर एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विक्रम चाैधरी , शिक्षक पहलसिंह धामी,
३९ लाख ९६ हजार ६४३ शेयर पुजि रहेकोे सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १६ लाख ९ हजार ९१९ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । ७ सय ५१ जना शेयर सदस्य रहेको सहकारीले ७ कराेड ३६ लाख ४६ हजार २८९ रुपैयाँ बराबरको काराेवार गरेकाे जनाएको छ ।


सहकारीको आर्थिक प्रगति प्रतिवेदन सहकारीका व्यवस्थापक तारा साउंदले प्रस्तुत गर्नुभएको थियाे भने कार्यक्रम संचालन सचिव रतन टमट्टाले गर्नुभएको थियाे ।
सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई ऋण लगानी, सुफत मुल्यमा बीउ विजन उपलब्ध गर्नुका साथै हरेक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

ताजा खबर

La Experiencia de Azar en Caliente Casino

Glücksspiel in den Slotinseln von Casinoslots Island

Glücksspiel im Casinado Casino ist ein Spiel des Vertrauens und der Fügung

Symulacja Młynów w Kasynie Spin Mills

A Guide to Mastering the Reels at SpinAura Casino

New Funclub Casino Free Online Slot Machine Games and Bonuses

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
समाचार

३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल आधारभुत विद्यालय नारायणपुर को “३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्