TRENDING
फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो
Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta
Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille
Next
Prev

दार्चुलाका वाढी पिडितलाई राहत तथा उद्धारमा तिव्रता,मन्त्रीको टोली दार्चुला

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/ दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाएका परिवारका आफन्त तथा घरबारबिहीन भएकाहरुका लागि संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्धारको कार्यलाई तिव्रता दिएको छ ।

वाढीमा परेर पिडित भएकाहरुलाई उद्धार तथा राहत सामाग्री लिएर संघिय सरकार र प्रदेश सरकारका मन्त्रीहरुको टोली दार्चुला गएको छ । राहत सामाग्री बोकेर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद वडु, सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणवहादुर रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानवहादुर धामी सहितको टोली घटनास्थल गएको हो ।

टोलीले आवश्यक राहत र उद्धारको कामलाई थप तिव्रता दिने दार्चुला जानेक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद वडुले बताए । ‘हामी पिडितहरुको उद्धारमा लागिरहेका छौं । घाईतेहरुलाई सदमुकाम छोडिएको छ । सुत्केरी महिलालाई पनि उपचारमा पठाईएको छ ।

‵ मन्त्री वडुले भने, ‘हामी धनगढीमा पनि राहतको जोहो गरिरहेका छौं । प्रदेश सरकार मार्फत पनि व्यवस्था गरिएको छ । हामी सकेसम्म त्यो ठाउँमा पुग्छौं । हेर्छौ र आवश्यकता अनुसार थप गर्नुपर्ने काम गछौं ।’

दार्चुलामा उपचार सम्भब नभएका घाईतेहरुलाई उपचारका लागि धनगढी ल्याईने मन्त्री बडुले जानकारी दिए । उनले आवश्यक राहत र उद्धारका लागि सरकारलाई जानकारी गराएको र सबै सुरक्षा निकाय तयारी अवस्थामा बसेको उनको भनाई छ ।
यता सुदूरपश्चिम प्रदेश सरकारले पनि राहत सामाग्री सहितको हेलिकोप्टर दार्चुलाको नौगाड पठाएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्रिपाल, कम्पल, औषधी लगायतका तत्काल आवश्यक पर्ने राहत सामाग्री दार्चुला पुराईएको छ । पहिलो चरणमा आवश्यक पर्ने राहत सामाग्रीहरु पठाईएको र बाँकी राहत सामाग्रीहरु आवश्यकताका आधारमा क्रमशः पठाईने आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणवहादुर रावलले जानकारी दिए ।

‘तत्काल गर्नुपर्ने उद्धारमा प्रदेश सरकार लागिपरेको छ । जसको लागि राहत सामाग्री सहित नेपाली सेनाको हेलिक्टर दार्चुला पठाईएको छ । तीनै तहका सुरक्षा निकायलाई राहत तथा उद्धारमा खटाईएकोे छ । जिल्ला प्रशासन कार्यालय र सामाजिक संघसंस्थाहरुलाई पनि सहयोगका लागि आग्रह र अपिल गरेका छौं ।

‵ मन्त्री रावलले भने,–‘थप उद्धार र राहतको काम गर्नुपर्ने भएमा प्रदेश सरकारले थप अर्को हेलिक्टर सहित राहत सामाग्री तैनाथ अवस्थामा राखेका छौं ।

अन्य आवश्यकता अनुसारका सामाग्रीहरु तयारी अवस्थामा राखेका छौं ।’ दार्चुलाका वाढी पिडितहरुको राहत र उद्धारका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने समेत मन्त्री रावलले बताए ।

शुक्रबार रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो

Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta

Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille

Mainio Kasino: Online Roulette Expert Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह मर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिम मुख्यमन्त्री शाहका पुजनिय पिताको ८४औ बसन्तका दिन मोहन चन्द्र शान्ति अक्षयकोषको निर्णय गरि आर्थिक सहयोगको घोषणा

मिति २०८०/०८/११ गतेका दिन सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युका पुजनिय पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक (SSP)श्री मंगल बहादुर

अझै पढ्नुहोस्