थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो लियर गेटमा पाहुनाको स्वागत गर्ने गरेको दृश्य देख्न पाइन्छ ,थारु परम्परागत शैलिमा निमार्ण गरियको घर ,घरको छाना खरले छायको ,माटोले पोतेर चिटिक्क सफा पारेको घर जहाँ आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको छ ।

तराइ भु-परिधी कार्यक्रम( ताल )ले स्थानीयहरु सहभागिता बिना सरक्षण गर्न सकिँदैन भन्दै स्थानीयलाई सरक्षण ल्याउनका लागि आर्याआर्जन र जिबिको पार्जनमा जोड्नको लागि कर्णाली जैविक मार्गमा बलचौरमा रहेको मुक्त कमैया बसेरा थारु २०६८ सालमा ७वटा घरमा होमस्टे सन्चालन गरेको थियो ।

स्थापना काल मा तराई भु -परिधी ताल कार्यक्रमले होमस्टे सन्चालनका लागि विभिन्न किसिमका तालिम , नेतृत्व बिकस तथा जिबिको पार्जनका सीप बिकास लगायतका क्षेत्रमा आर्थिक तथा प्राबिधिक सहयोग दिएको थियो ।

होमस्टे सन्चालन भए पछि बाहय तथा आन्तरिक पर्यटनहरुका लागि सुबिधा सम्पन्न बासका लागि वातावरण मैत्री बस्ने घर निर्माण , रमाउनका लागि आकर्षक कलात्मक तथा सास्कृतिक घरहरु बनाएका छ्न । जहाँ एक पटक बसेरा होमस्टे पुग्ने जो कोहिले नजिक बाट थारु सस्कृती लाई बुझ्न पाउने आन्तरिक पर्यटक लम्किचुहा नगरपालिका वडा १ वडा अध्यक्ष नेत्र खनालले बताए ।

स्थापनाको एक दशक पार गरिसकेको होमस्टेले अहिले होमस्टेको धेरै कार्यक्रम गरेको छ , होमस्टे सन्चालन ७ घर बाट सुरु गरियको होमस्टे सन्चाल गरिएको छ । यहाँ आजभोलि आउने पाहुनाका लागि रैथाने खाना तथा थारु कला सस्कृती ,परम्परागत रुपमा चलेका ढिकीजाँतो, लडियामा घुमाउने, माछा मार्ने हेल्का,कर्णाली नदिमा र्‍यपटिङ्ग , सामुदायिक वनमा जंगली जनावर तथा चराचुरुङ्गी अवलोकन गर्न
, परम्परागत बस्तु नजिक बाट आउने पहुनाहरु हेर्न र रमाउने गरेका छन् ।

बसेरा होमस्टे आउने बाहय तथा आन्तरिक पर्यटनहरुले कर्णाली नदिमा र्‍यापटिङ्ग ,बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गर्दै नजिक बाट जंगली जनावर , चराचुरुङ्गीहरु अवलोकन गर्न पाउने होमस्टे सन्चालक समितिका अध्यक्ष किसोर बहादुर चौधरी ले जानकारी दिए ।

बसेरा होमस्टेमा आन्तरिक पर्यटन रुपमा पुगेका दुर्गा सापकोटाले थारू समुदायमा प्रचलित घोङ्घीको तरकारी, गंगटा, मुसा, सिध्रा माछाको चटनी, आलुको अचार, कचालु, ढिक्री, अनदी चामलको रोटी लगायतका परिकार मौलिक खानाका परिकार खान पाउँदा आफू निकै खुसी रहेको बताइन । थारु समुदाय मात्र नभै अन्य समुदायको खानाको परिकारले बसेरा होमस्टे पर्यटन को रोजाइमा परेको छ ।

कोरोना कहर को होमस्टेलाइ पनि प्रत्यक्ष रुपमा असर परेको थियो ,आन्तरिक तथा बाहय पर्यटकहरु आउन सकेन , देशमा भएको आर्थिक मन्दीका कारण पाहुना बिहिन हुन पुगेको होमस्टे आजभोली पाहुनाले भरिभराउ हुने थालेको सन्चालक समितिका सचिव लक्ष्मि चौधरीले जानकारी दिए ।

होमस्टे सन्चालन गर्दा सुरुवातका दिन सम्झिदै सचिब चौधरी भने हामिले स्थापना गर्दा एक घरमा दुई जना पाहुनालाई सेवा दिन सक्थ्यो भने अहिले एक घरले ५ देखि ८जना पाहुनालाइ एकै घरमा सेवा गर्न सक्ने सबै सरचना निर्माण गरेका छौ , ।

बसेरा होमस्टेमा वार्षिक २हजार भन्दा बढी आन्तरिक तथा बाहय पर्यटकहरु आउने गरेका छ्न । होमस्टे आउने पर्यटकका लागि रैथाने खाना , पर्यटकको चाहाना अनुसारको खाना होमस्टे आफैले उत्पादन गर्ने गर्दछ्न ,बजार बाट नुन र चिनि मात्र किन्ने गरे सचिब चौधरी ले जानकारी दिए । आफुहरुले होमस्टे आउने पर्यटकको रोजाइ अनुसारको तरकारी तथा माछामासु घरमा नै उत्पादन गर्दा घरमा रोजगारी र आम्दानी मुख्य स्रोत भएको छ ।
घरको काम गर्दै होमस्टे सन्चालन भए पछि माशिक रुपमा चार्डपर्व तथा बिदाका दिनहरुमा पर्यटन आउने १५ देखि २० हजार सम्म आम्दानी हुने गरेको सोनिया चौधरीले बताइन ।
उनले भनिन मुक्त कमैया हौ ज्याला मजदुर गरेर जिबिको पार्जन गर्ने गरेका थियौ होमस्टे भए पछि कम ज्यालामजदुरिमा जाने गरेको बताइन ।

आर्थिक रुपमा सफल र सबल बन्दै जादा यसले गर्दा मध्यवर्ती क्षेत्रमा हुने बन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरण गर्दै प्लास्टिकले वातावरणसँगै मानवीय स्वास्थ्यमा असर पार्ने भएकाले प्लास्टिक पूर्ण रूपमा बन्देज गरिएको उनको भनाइ छ

मुक्त कमैया सिविरमा रहेको यो होमस्टेमा अहिले लम्किचुहा नगरपालिका , सुदूरपश्चिम प्रदेश पर्यटन बिकास कार्यक्रम कार्यन्वयन इकाइ धनगढीले सहयोगमा सुबिधा सम्पन्न शौचालय , भान्साकोठा , पर्यटनको लागि बस्ने घर निमार्ण गरिएको छ ।

होमस्टे आउने पर्यटकहरुले थारु समुदायमा प्रचलित सखिया , झुम्रा, लठिहुवा , मघौटा , मयूर नाच हर्ने सङै थारु पहिरन , सास्कृतिक सङ्ग रमाउने गरेको अध्यक्ष चौधरीले बताए ।

ताजा खबर

Chicken Road 2 – Ein Weg zum Glück auf Rädern

Royal Rabbit Casino Slot Machine Gameplay Strategies and Odds Analysis

La Strada Della Gallina 2, Sfida di Azzardo Online

Jugadas Fáciles en la Avenida de los Pollos 2

Roulette Low Stakes Australia for Mac: A Comprehensive Review

LolaJacks Kasino – Die Spiele der Glücksspieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको राष्ट्रिय सम्मेलन १७ र १८ गते काठमाडौंमा हुँने

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंसिर ११ र १२ गते हुने भनिएको सम्मेलन विविध कारणले सरेर १७

अझै पढ्नुहोस्