तीन दिने आर्ट साउन्ड थेरार्पि तालिम सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको धनगढिमा विभिन्न हिसामा परेका महिला , बेपत्ता परिवारका महिला ,यातना पीडित महिला , सीमान्तकृत महिला र एकल महिलाहरुलाई तनाव ब्यबस्थापनका लागि सामाजिक सदभावका लागि नागरिक सहभागीता तीन दिने आर्ट साउन्ड थेरार्पि कार्यक्रम आज देखि सुरु भएको छ ।

कार्यक्रमको सभापति मानव अधिकारको लागि महिला एकल महिला समुहको प्रदेश अध्यक्ष सुमन शर्मा र प्रमुख अतिथी को आसनबाट बोल्दै धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाले देशमा भएको जनयुद्ध ले अहिले धेरै महिला ,बालबालिकाहरुमा , हिसामा परेका , घरेलु हिसा झेलीरहेका महिलाहरुलाइ मनोबैज्ञानिक रुपमा असर परेको छ त्यसको ब्यबस्थापनका लागि तनाबको ब्यबस्थापन गर्न जरुरी रहेको छ ।


अस्पतालहरुमा गएर औसधि सेवन गरेर पनि मान्छेले आफ्नो तनाव ब्यबस्थापन गर्न सकि रहेको छैन तनाव ब्यबस्थापन गर्न आध्यात्मिक रुपमा सुरुवात गर्न जरुरी रहेको छ , जब आध्यात्मिक रुपमा तनाब ब्यबस्थापन गर्न सकियो भने मानिसले दुख पाउदैन , आत्महत्या गर्दैन स्थानीय तहले मात्र यस्ता कार्यक्रम गर्न सक्दैन हिसामा परेका , यातना पाएका , बेपत्ता परिवारका महिला, एकल महिलाहरुलाइ पुर्स्थापना गर्न प्रदेश सरकारले पनि गर्नु पर्नेमा जोड , प्रदेश सरकारले कार्यक्रम गरेको छु भन्छ तर पहुँचको आधारमा नभइ ग्रामीण भेगमा रहेका हिसामा परेका महिला ,एकल महिलाहरुलाइ आयाआर्जन , पुर्स्थापनाका लागि कार्यक्रम ल्याउन पर्ने बताइन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले हामीले मान्दै आएको पूर्वीय दर्शनलाई पुन प्रयोग गरिएमा आधा तनाब आफै ब्यबस्थापन हुने , देश सशस्त्र द्वन्द्वको समयमा पनि मानव अधिकारको क्षेत्रमा काम गरियो त्यो बेला यस्तो थिएन मानसिक रुपमा समस्याहरु भोग्दै आयका छौ त्यसलाई ब्यबस्थापन गर्न तीन तहको सरकारले उचित कार्यक्रम ल्याउन जरुरी रहेको छ । यो तिनदिने तालिमले आफ्नो खुशी कसरी खोज्ने , हरेक तनावलाई कसरी सहज रूपमा ब्यबस्थित गर्ने कुरा सिक्न पाइने हुदा पीडितहरुलाइ थोरै मात्रमा भए पनि राहत पुग्ने बताए ।

, ब्राह्मकुमारी बिश्वबिधालयका ब्राह्मकुमारी दुर्गाले मान्छेले जब सम्म हरेक कार्य गर्दा तन ,मन एक ठाउँ पार्दैन तब सम्म उ सफल कहिले हुदैन , आफ्नो आत्मशान्तीको हरेक क्रियाकलापमा ध्यान दिन जरुरी छ , ब्रह्मकुमारी बिधालयमा पनि अन्य बिधालय जस्तै पाठ्यक्रम ,पाठ्यपुस्तक पढाइ हुने गरेको छ यहाँ कुनै धर्म, जातजातिको बारेमा हुदैन , तनाब ब्यबस्थापनका लागि यो साउन्ड थेरापी महत्वपुर्ण काम गर्ने , थोरै समयमा पनि सिकेको सिपलाइ उपयोग गर्न सके तनाव घटेर जाने बताइन ।


पतन्जली योग नगर प्रभारी धर्म राज कोइरालाले र ब्रह्मकुमारी दुर्गा दिदिले तालीमलाई सहजीकरण गरेका छन । कार्यक्रममा इन्सेकका प्रतिनिधि मैनामति चौधरी ,गोदावरी मानव अधिकारको लागि महिला एकल महिला समुहका जिल्ला उपाध्यक्ष धना पाठक, महिला सेलका आशा कुमारी डगौरा लगायतका विभिन्न सघं सस्थाका प्रतिनिधि , हिसा प्रभावित धनगढी उपमहानगरपालिका २९ जनाको तालिममा सहभागीता रहेको कार्यक्रम सन्चालन भगवती हमालले गरेका थिय ।

ताजा खबर

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !