तिनतहको सरकार आउँदा पनि अझै महिलाहरु सुरक्षित हुन सकेन: घिमिरे

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढीमा अन्तर्राष्ट्रिय नारी दिवस को पुर्व सन्ध्यामा आयोजित लैङ्गकि हिसां विरुद्ध समुदाय स्तरमा काम गर्ने समूह र संजालहरुका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै दलित महिला अधिकार नेपाल कैलालीका अध्यक्ष सावित्री घिमिरेले तीन तहको सरकार आउँदा पनि अझै महिलाहरु सुरक्षित नभएको ,अंश र बशलाई समान अधिकार हुनु पर्छ, सघियता लागू भए पछि सरकारले काम गर्छ भनेर नागरिक समाजले महिला हिसां रोकथामका पैरवी न्यूनीकरण भएकाले हिसांका घट्ना बढी रहेको , महिला हिसां ,घरेलु हिसां रोक्न सरकारले आफ्नो दायित्व सम्झिदैन तव सम्म गैरसरकारी सस्थाहरुले मात्र प्रयास गरेर केही नहुने बताए ।

छलफल कार्यक्रममा बोल्दै मिलमेलाप केन्द्र सहजकर्ता शिबलाल रानाले महिला अधिकार ,महिला हिसामा काम गर्ने सघं सस्थाहरु सहर केन्द्रित हुदा ग्रामीण क्षेत्रका महिलाहरु अझै आफ्नो अधिकार के हो भन्ने थाहा पाएका छैन , जब सम्म गाउँ केन्द्रित हुदैन तब सम्म हिसांका घट्ना न्यूनीकरण हुदैन बताए।

कार्यक्रममा बोल्दै महिला मानवअधिकारकर्मी सपना भण्डारीले गाउँमा अशिक्षित बर्गहरु, गरिबीको रेखामुनी रहेका समाजमा बढी महिला हिसांका घट्ना हुने भएकाले गाउँका ,ग्रामीण क्षेत्रमा अधिकारकर्मीहरु , भल्मन्सा , बुद्धिजीवी , धार्मिक सस्थाहरु लाई महिला अधिकार , वडा स्तरमा जनचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

छलफलमा बोल्दै पत्रकार उन्नती चौधरीले महिलाहरुलाई जब सम्म स्वालम्बी बनाइदैन , आर्थिक रुपमा सबल बनाउनु पर्छ , बालबालिका लागू औसत दुर्ब्यासनीमा फस्दै गएको , यस्लाइ रोक्न निगरानी समुहलाइ अझै सशक्त बनाउनु पर्नेमा जोड दिए ,
ओरेक नेपालका गिता चौधरीले हिसामा परेका महिलाहरुलाइ सुरक्षित सेभ हाउस को ब्यबस्था , निशुल्क कानुनी सेवा , घटना भए पछि हुने परिस्थिति बाट कसरि बच्ने भन्ने जस्ता कुराहरु गराउन ,जनचेतना जगाउनु पर्ने बताए ।

लैङ्गकि हिसां विरुद्ध समुदाय स्तरमा काम गर्ने समूह र संजालहरुका अवसर र चुनौती विषयक छलफल कार्यक्रम

दलित महिला अधिकार नेपाल कैलालिले गरेको थियो भने
कार्यक्रम माथी प्रकाश अभिलासा भण्डारी दलित महिला अधिकार नेपाल कार्यक्रम सयोजकले पारेका थिए ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !