डोटीका सार्वजनिक स्थलहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

शेयेर गर्नुहोस

दिपक बहादुर विक ,सिलगढी /डोटीका सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ।

डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा भएका व्यवस्थालाई कार्यान्वयन गर्दै सार्वजनिक स्थलहरूमा गरिने प्रयोगलाई कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ बमोजिम सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था रहेको छ सोही अनुरूप डोटीमा कडाइका साथ लागु गरिनुका साथै कुनै पनि व्यक्तिले सेवन गरेको अवस्थामा कानुन बमोजिम कारबाही गरिने प्रजिअ श्रेष्ठले बताइन्  ।

स्थानीय सरकारहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनलाई कार्यान्वयन गर्न सोही अनुरूपका विभिन्न कार्यक्रमहरू तय गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए।

बैठकले डोटीमा सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने, होटेल तथा रेस्टुराँ लगायतले अन्य व्यक्तिलाई प्रतिकुल असर नपर्ने धूम्रपान तथा सुर्ती सेवन गर्न निश्चित स्थानको व्यवस्था गर्नुपर्ने, डोटी जिल्ला भित्र रहेका सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापन होर्डीङबोर्डहरु स्थानीय सरकारले सरोकारवाला निकायहरूसँग समन्वय गरी हटाउनुपर्ने लगाएका निर्णयहरू गरिएको प्रजिअ श्रेष्ठले बताइन्  ।


उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कानुनी व्यवस्थाका बारेमा प्रस्तुतीकरण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Încântătorul Bonus al Site-ului Vipbet pentru Jocuri de Noroc

สล็อตเบทฟลิกซ์เกมส่วนตัว

Neonix Las Vegas Vrouwen Gokmachine Kansen Winnaars

El Misterioso Lado de Mr Bit

Tagestouren am Daytonaspin-Rad

सम्बन्धितखवर

छुटाउनु भयो कि !

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्
समाचार

किसान सहकारी हसुलिया शाखाद्वारा सेयर सदस्यको दुईलाख बढीको ऋण मिनाह

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले एकजना सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको हसुलिया शाखाले कैलारी गाउँपालिका -४ ‘के’ गाउँका एकजना जना सेयर

अझै पढ्नुहोस्