टीकापुरमा सामाजिक सद्भाव कायम रहेको : प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठ

शेयेर गर्नुहोस

टीकापुर/कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठले टीकापुरमा सामाजिक सद्भाव कायम रहेको बताएकी छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को एक समारोहका बिच उद्घाटन गर्दै श्रेष्ठले सो कुरा बताएकी हुन् ।

‘खड्गबहादुर सिंहले स्थापना गरेको, थोमम बर्गिस गुरुको शिक्षा प्राप्त, मदन पुरस्कार विजेता महेशविक्रम शाह र रेशम चौधरीलाई जन्माउने यो माटो सधै सद्भाव चाहन्छ’ श्रेष्ठले भनिन् ‘टीकापुरमा हिजो पनि सद्भाव थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’ २०७२ सालको टीकापुर घटना राजनीतिक घटना भएको बताउँदै उनले यसको उचित निकासका लागि आफूहरु लागि परेको बताइन् ।

संघले राखेको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस क्षेत्रको विकास निर्माणमा एकजुट भएर लाग्न समेत उनले आग्रह गरिन् ।
महोत्सवका प्रमुख अतिथि एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष समेत रहेकी श्रेष्ठसमक्ष टीकापुर उद्योग वाणिज्य संघले ८ बुँदे माग राखेको छ ।

यस्ता छन् मागहरु :
१) टीकापुरस्थित हवाई मैदान यथाशक्य सञ्चालन ।
२) सत्ती भन्सार कार्यालयमा क्वारेन्टाईनको स्थापना ।
३) केराको पकेट क्षेत्र स्थापना ।
४) कर्णाली नदी व्यवस्थापन ।
५) नेपाल आयल निगमको डिपो कार्यालय स्थापना ।
६) यातायात कार्यालय स्थापना ।
७) चिसापानी–कुईने–जंगलघाट सडक कालोपत्रे ।
८) टीकापुरमा औद्योगिक क्षेत्र स्थापना ।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Zodpovědné chování při štědrých bonusových akcích na MerkurXtip platformě: Úplná recenze

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहल राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश

अझै पढ्नुहोस्
समाचार

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभलकाे सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण

जमुना न्युरे,धनगढी/नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण भएको छ ।यहि साउन १४ गते भएको आठौं वार्षिक साधारणसभा तथा

अझै पढ्नुहोस्
खेलकुद

कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

जमुना न्युरे,धनगढी /कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । जिल्लाको चुरे गाउँपालिका स्थित खानीडाँडामा हिजोदेखि सुरु भएको दुई दिने खेलकुद पत्रकारिता तालिम

अझै पढ्नुहोस्