जैविक विविधता संरक्षण तथा सदुपयोग गर्न बृक्षारोपण

शेयेर गर्नुहोस


सुखड,जमुना न्युरे/डिभिजन वन कार्यालय पहलमानपुर र डिभिजन वन कार्यलय धनगढीले विभिन्न जातका ५ लाख ९० हजार ३सय २५ बिरुवा उत्पादन गरेको छ।


रुख रोपेर हरियाली बढाउने उद्देश्यले उत्पादन गरिएका यी बिरुवा नि:शुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोपण गर्न प्रयोग गरिने जनाइएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरका योजना शाखाका प्रमुख दिपेन्द्र के .सि काअनुसार टिक, सिसौ , अमला, गुलमोहर, अर्जुन, इपिलिपि , बकाइन, हरो , बरो, लिप्टिस , बेत बास,बेल ,बबुल ,कान्जिगुलाफ ,सितलचिनी ,सिमल ,बास, लगायत प्रजातिका बिरुवा उत्पादन गरिएको हो ।

डिभिजन वन कार्यलय पहलमानपुरमा यो कार्यक्रम एकीकृत भु – परिधी ब्यबस्थापन कार्यक्रम (इलम ) , डिभिजन वन कार्यलय पहलमानपुरको बार्सिक कार्यक्रम अनुसार गरिएको छ ,भने डिभिजन वन कार्यलय धनगढीमा बाह्रावन साझेदारी बन , भारताल साझेदारी वनको र धनगढी डिभिजन वनको बार्सिक कार्यक्रम अन्तर्गत गरियको छ्।


यी दुबै डिभिजन वन कार्यलयको उदेश्य कार्यक्रम जैविक विविधता सरक्षंण , जलवायु परिवर्तन अनुकूल , वन अतिक्रमण नियन्त्रण कार्यक्रम अन्तर्गत रहेको कार्यक्रम हो ।

स्थानीय नगरपालिका, गाउँपालिका तथा वन क्षेत्रलाई हराभरा , वन अतिक्रमण नियन्त्रण गर्न र वातावरणमैत्री बनाउन यस वर्ष पनि कार्यालयले लाखौ बिरुवा उत्पादन गरेको धनगढी डिभिजन वन कार्यलय धनगढी योजना अधिकृत समीर थापाले बताए ।
उनले भने, “स्थानीय बासिन्दालाई नि:शुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोप्नका लागि यी बिरुवा तयार गरिएको हो ।” 

उत्पादित बिरुवा डिभिजन वन कार्यालय पहलमानपुर , डिभिजन वन कार्यलय धनगढी र क्षेत्रीय वन निर्देशनालयबाट निरीक्षण तथा पास भएपछि मात्र सम्बन्धित पालिकामार्फत वितरण गरियको थियो । बाँकी रहेका बिरुवा भने प्रत्यक्ष रूपमा वनजङ्गल क्षेत्रमा वृक्षारोपण गरियको डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख डिभिजनल वरिष्ठ वन अधिकृत रामचन्द्र कडेलले जानकारी दिए ।


जैविक विविधता र सिमसारको सरक्षण गर्न यो घोडाघोडी ताल , पुरैना ताल , जाखोर ताल , विभिन्न सामुदायिक वनमा समेत बृक्षारोपण गरियको छ।

वन कार्यालयले हरेक वर्ष यस्ता बिरुवा उत्पादन गरी नि:शुल्क वितरण गर्दै आएको छ । वातावरण संरक्षण र जैविक विविधता बढाउने उद्देश्यले यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वन कार्यालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Luckybuckslots på Luckyblock Casino Online

Winst bij Westace: Rijkdom op Je Bordjesslot

Gokken bij Betybet

Jammymonkeys Big Win Slots Challenge

Casino Slots at Casoola Online Casino for Players Worldwide

Vegastars Slot Machine Review and Winning Strategies Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो, उद्धार जारी

काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्

अझै पढ्नुहोस्