घोडाघोडी नगरपालिकाले गर्‍यो बजारअनुगमन

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका भित्रका केही बजारहरूमा अनुगमन गरीएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको टोलीले साडेपानी र सुखड बजार अनुगमन गरेको हो । बजार अनुगमनको क्रममा साडेपानी र सुखड बजारका विभिन्न किराना पसलहरूबाट ठुलो परिणाममा म्याद गुज्रेका बस्तुहरू जफत गर्नुको साथै भन्सार छली गरी ल्याएको चिनी बरामद गरेको बताईएको छ ।

साडेपानीका किराना पसलहरू बाट बिस्कुट, बिँडी, चिप्स, दाल, अचार, सुपर पावर, सिस्टम, ललिपप,चाउचाउ लगायत म्याद नाघेका खाद्यवस्तुहरू  बरामद गरीएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलालीका निमित्त कार्यालय प्रमुख सुरेश प्रसाद जोशीले जानकारी दिए । सुखडको एक किराना पसलहरू बाट भन्सार छली गरी ल्याएको ५० केजीको १२ बोरा चिनी बरामद गरेको उनले बताए ।

म्याद नाघेका खाद्यवस्तु इलाका प्रहरी कार्यालय सुखडमा विभिन्न व्यक्तिहरूको उपस्थितमा नष्ट गरेको र बरामद गरेको चिनी भन्सार कार्यालय धनगढी पठाइने निमित्त कार्यालय प्रमुख सुरेश प्रसाद जोशीले जानकारी दिए । पहिलो पटक समान जफत गरिएको र फेरी पनि यही अवस्थामा फेला पारेमा कानुन अनुसार कारबाही अगाडी बढाइने उनले बताए ।

साडेपानी र सुखड बजारहरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, इलाका प्रशासन कार्यालय सुखड, घोडाघोडी उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय सुखड र घोडाघोडी नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Jocul cu Cincizeci de Coroane la Mașina Slot

Práctica guía para entender completamente ivybet app y sus ventajas exclusivas

Strategic crossings from start to finish through chickenroad offer surprising rewards and tricky traffic

Gedetailleerde informatie en betory casino voor de moderne speler

Fantastische kansen ontdek je met spin maya casino en zijn unieke bonussen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सालको १थान गोलिया ८ थान सालको चिरान बरामद

धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा ११ टप्पा गाउँ बाट १ थान सालको गोलिया ८ थान सालको चिरान आज दिउँसो १बजे बरामत गरियको

अझै पढ्नुहोस्