घोडाघोडी नगरपालिकको बजेट १ अर्ब १ करोड २३ लाख बढि

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷ ०८० को नीति तथा कार्यक्रम सहित १ अर्ब १ करोड २३ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ ।

१५ औँ नगर सभा मार्फत आर्थिक वर्ष२०७९÷ ०८० का लागी १ अर्ब १ करोड २३ लाख २९ हजार बराबरको बजेट नगर सभामा उप प्रमुख गुलिया कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् ।

बजेटमा सघिय सरकार बाट राजश्व बाँडफाँडमा १७ करोड २५ लाख ६४ हजार, राजश्व बाँडफाँडमा प्रदेश सरकार बाट ५९ लाख ४९ हजार,वित्तीय समानीकरण अनुदान सघिय सरकार बाट २० करोड ७० लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकार बाट १ करोड ५४ लाख ३६ हजारको सीमा अनुमान गरिएको छ ।

त्यसै गरी सघिय सरकार बाट प्राप्त समपुरक अनुदान ३ करोड ९० लाख, प्रदेश सरकार बाट १ करोड १८ लाख, सघिय सरकार बाट विशेष अनुदान ५ करोड ८५ लाख, प्रदेश सरकार बाट ९५ लाख, सघिय सरकार बाट प्राप्त सशर्त अनुदान ३५ करोड ७६ लाख र आन्तरिक श्रोतबाट प्राप्त नगद राजश्व १३ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । नगर सभामा घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

तेस्रो नेपाल बर्ड फेयर लुम्बिनीमा हुने

धनगढी/लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड

अझै पढ्नुहोस्