घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

जलपन्क्षी छ /छ महिनामा गणना गरिन्छ । कैलाली को घोडाघोडी ताल क्षेत्रमा जलपन्क्षी दुई दिने गणना कार्य सुरु भएको छ । चरा सरक्षण नेटवर्क कैलालीको आयोजना मा गणना कार्य गरिएको छ ।कैलाली जिल्लामा धेरै ताल तलैया रहे ता पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी मा रहेको छ । घोडाघोडी तालका मुख्य सुचक प्रजाती हरिहास , मगरगोही र जंगली धान रहेका छ्न ।


चरा सरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुन्साधन गरिरहेको छ। प्रत्येक छ /छ महिनामा आयका धेरै चराहरु बसाई सराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा चरा हरु आउने गरेका छन् ।

सूचक प्रजाती गणना कार्यको उद्घाटन गर्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले घोडाघोडी क्षेत्रलाई संरक्षण गर्न सरोकारवालाहरूको साझेदारीमा सचेतनामुलक लगायत विभिन्न कार्यक्रमहरू गरिरहेको बताए ।
यहाँ रहेका सूचक प्रजातीहरुको संरक्षण गर्दै तीनको संख्या बढाउन सबै एकजुट हुनुपर्ने बताउदै उनले भने, हामीले प्रदेश सरकारसँग घोडाघोडी क्षेत्रका सवालहरू सम्बोधन गर्न विभिन्न कार्यक्रम प्रस्ताव गरी बजेट माग गरेका छौं ।


नेपालमै सबै भन्दा धेरै ताल तलैया भएको जिल्लाका रुपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडी सहित २४ वटा ताल रहेका छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराहरूको वासस्थानका लागि सबैभन्दा उपयुुक्त रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।

गर्मीको समयमा चराहरुले बच्चा कोरल्ने समय भयकाले यो पटकको गणनामा घोडाघोडी बर्ड सेन्चुरी घोषणा पछिको पनि निरन्तर रुपमा गरियको हो समयमा कैलाली को घोडाघोडी ताल चरा का लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहास रैथाने चरा भयको छ । बगाले सिमकुखुरा ( कमन मुर्हेन) , नादुन हास , सिमकुखुरा (ह्वाइट ब्रेसेड वाटरहेन ) , सिलसिले हास ( लेसर ह्व्स्लिङ डग ) , लामा औले ( ज्याकेना) , जल अपसरा ( फिनसटे टेल ज्याकेना ) राजलाहाछे सुनजुरे हास लगायत चराहरु देखा परेक गणक टोलि का प्रमुख रामकुमार चौधरी ले जानकारी दियका छ्न।

घोडाघोडी तालमा ८ जना को गणना टोलि तालमा पुगेको छ ।गणक टोलिले घोडाघोडी ताललाइ तीन खण्डमा बिभाजन गरि एकै समय गणना सुरु गरेको छ। चरा गणनामा चरा सरक्षण कर्मी जमुना न्युरे , रामकुमार चौधरी र नवराज न्युरेले नेतृत्व गरेका छन् ।


नेटवर्क कैलाली को आयोजना मा सो गणना गरिदै छ । घोडाघोडी तालमा बिश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन । चरा सरक्षण नेटवर्क कैलाली ले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइ राखेको छ । ।गणना तीन दिन सम्म गरिने छ घोडाघोडि ताल सङै रहेका२३ वटा साहयक तालहरुमा पनि गणना गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Comfort levels explained featuring serta iseries merit king for enhanced sleep

Olağanüstü fırsatlar sunan merit king, oyunculara özel ayrıcalıklı bir deneyim sunuyor artık

মোস্টবেট গিয়ার

Dramatic origins and hidden powers within joker fire force explored for enthusiasts

Seguridad comprobada en apuestas deportivas con betsson peru para jugadores exigentes

Πρακτικές συμβουλές και η πλατφόρμα dudespin για αρχάριους χρήστες

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विपन्न तथा सीमान्तकृत छात्राहरुलाई छात्रवृति वितरण

हसुलिया, २१ बैशाख । कैलारी गाउँपालिकाका विपन्न तथा सीमान्तकृत छात्राहरुलाई छात्रवृति वितरण गरिएको छ ।मानव अधिकारका लागि महिला एकल महिला समुहको आर्थिक सहयोगमा ११ जान

अझै पढ्नुहोस्