घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा दीपक चन्द 

शेयेर गर्नुहोस


सुखड/घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आगामी वर्ष २०२४ का लागि दीपक बहादुर चन्द लाई अध्यक्षमा चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न भएको हो।

घोडाघोडी जेसिज वर्ष २०२३ का अध्यक्ष भरत भट्टराईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १का अध्यक्ष घनश्याम ओझा रहेका थिए। यसै गरी कार्यक्रममा विशिष्ट अतिथि घोडाघोडी जेसिसका संस्थापक अध्यक्ष लाल बहादुर शाही रहेका थिए।


प्रमुख अतिथिको आसनबाट बोल्दै जेसिजले नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । घोडाघोडी जेसिजले लागू पदार्थ दुर्व्यसनीलाई रोक्न अझै युवाहरूलाई समेटी स्थानियतह सँग हातेमालो गर्न आग्रह गरे ।घोडाघोडी जेसिजका कानुनी सल्लाहकार कलक बहादुर सिंहको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज वर्ष २०२३ का अध्यक्ष चक्र बहादुर शाही , पूर्व राष्ट्रिय उपाध्यक्ष तथा बौनिया जेसिजक पूर्व अध्यक्ष धिरज शाही ,बौनिया जेसिजक निबर्तमान अध्यक्ष कृष्ण प्रसाद ओझा लगाएतको सहभागी रहेको थियो । कार्यकारिणी उपाध्यक्ष लक्ष्मण न्युरे र धन बहादुर बडुवाल निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा कपिल सापकोटा , जानकी शाह, पवित्रा शाही र कलक बहादुर सिंह निर्वाचित भएका छन ।

ताजा खबर

ESA Solution Pet Letter: Understanding Its Importance And How To Acquire One

Comprehending ESA Letters in Rhode Island

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

Ideale Kostenfreie Rotationen Ohne Anzahlung: Ein Umfassender Leitfaden für Online-Online-Casino-Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !