गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकको विरोध सभा

शेयेर गर्नुहोस

जमुना न्युरे/अत्तरिया कैलालीको गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकहरुले विरोध सभा गरेका छन् । शिक्षहरु आवद्ध गोदावरी नगर शिक्षक समिति,नेपाल राहत शिक्षक समिति,एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुत्त रुपमा नगर परिसरमा विरोध सभा गरेका हुन् ।
गोदावरी नगरपालीका भित्र रहेका शिक्षकहरुले तिन महिनादेखी तलब नपाएको भन्दै उनीहरुले नगर परिसरमै विरोध सभाको आयोजना गरेका हुन् ।

उनीहरुले गत महिनादेखी नै नगरपालीकासंग विभीन्न माग राख्दै विरोध गर्दै जनाउँदै आएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका गोदावरी नगर अध्यक्ष नरेन्द्रराज शर्माले शिक्षकले तीन महिनादेखी तलब नपाएको बताँउदै नगरप्रमुखसंग विस्तृत रुपमा छलफल गर्न चाहेको तर नगरप्रमुखले भेटघाटको अवसर नदिएको गुनासो गरेका छन् ।

विगत देखि समयमै तलब प्राप्त गर्दै आएकोमा हाल आएर ३ महिना देखी तलव नपाएको,त्यस्तै कक्षा १ देखि ७ सम्मको स्थानिय पाठ्यक्रम र पाठ्यपुस्तकको निमार्ण नभएको र छिट्टै हुनुपर्ने,नगर शिक्षकको व्यवस्थापनका साथै तलब वृद्धी गरीनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

यता गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले भने मंसिर देखी कार्यालयमा लेखापाल नभएको र माथीबाटै सरुवाको काम पनी बन्द भएको हुँदा तलब मात्रै नभइ कार्यालयका दैनीक कामकाज समेत प्रभावित भएको बताएका छन् । वैकल्पीक व्यवस्था भईसकेको र सोमबार देखी तलब लगायतका नियमित हरु सुचारु हुने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wonderful journeys await with https://theluckywaves.uk offering unforgettable seaside experiences

Onderscheidende collecties vinden via luckygem voor een persoonlijke stijlontdekking

Analyse umfassender Systeme mit https://thebigclashs.com und zukunftsweisenden Technologien

Excitement grows alongside the unpredictable slot monster, fueling thrilling gameplay and potential wins

Uitgebreide mogelijkheden rond luckcasino bieden nieuwe strategieën voor iedere gebruiker

Excellent opportunities with luckcasino and boosted winning potential await you

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीले आधिकारिकता पाएको जानकारी गर्न पत्रकार सम्मेलन

अप्सरा बुढा,टीकापुर/ नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा दल दर्ता भएको जानकारी गर्न टीकापुरमा पत्रकार सम्मेलन गरेको छ ।पत्रकार सम्मेलनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीले संघियता,

अझै पढ्नुहोस्