गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

शेयेर गर्नुहोस

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले कसैले मेडिकल कलेज र कसैले मेडिकल बिश्वविद्यालयको दुुई थरी मागको आन्दोलनले नै अन्यौल बनाई राखेको बताएका छन् ।

‘सरकार मेडिकल विश्वविद्यालय बनाउनमा लागि परेको छ । त्यसका लागि पहिले अस्पताल त चल्नुपरो’ मन्त्री बस्नेतले भने–‘ अहिले सबै सय शैयाको अस्पताल चल्ने बताबरण बनाउ ।’ सोमबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले अहिले विश्व विद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नु पर्ने बेला नभएको जिकिर गरे । पहिले चरणमा सय शैयाको अस्पताललाई बलियो बनाउने त्यसपछि तीन सय शयैयाको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा जोड दिए ।

‘सबै भन्दा पहिले एक सय बेडको अस्पताल चलाउन लाग्नु पर्छ । हामीले १४१ दरबन्दी पठाइसकेका छौँ । त्यो अनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालय भन्दा हतार हुन्छ ’ मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या विश्व विद्यालय होस् सबै भन्दा पहिले अस्पताल चल्नु पर्छ ।’ उनले अस्पताल मजबुत भएपछि पर्याप्त चिकित्सक हुने बताए । उनले भने, ‘सुरुमा १ सय बेडको राम्रोसँग चलाउनु पर्छ त्यसपछि ३सय बेड सुरु गरेपछि विश्वविद्यालय सञ्चालन गर्न मद्दत पुग्छ । ’ उनले विश्व विद्यालय तत्काल नै बन्न सम्भव नभएको समेत जिकिर गरे ।

‘एकै वर्षमा बन्ने प्रोजेक्ट होइन । एक सय बेड चलाउन समस्या छैन अब तीन सय बेड चलाउन सक्ने अवस्थामा आए मात्र विश्व विद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा आउँछ ’ उनले थपे । आइतबार धनगढी पुगेका मन्त्री बस्नेतले धनगढी पुगे लगत्तै प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताएका थिए ।

‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ ’ उनले भनेका थिए । सोमबार पत्रकार सम्मेलनमा पनि मन्त्री बस्नेतले सोही कुरामा जोड दिए । ‘गेटालाई विश्व विद्यालयको रुपमा अगाडी बढाउने र यो नेपालकै सानदार प्रोजेक्ट बनाउने हाम्रो यो सपना हो । त्यो कुरामा पुग्न हामीले पहिले अस्पताल बलियो बनाउनु पर्छ । अस्पताल बलियो नभए विश्वविद्यालय बलियो बन्न सक्दैन ’ उनले भने, ‘विश्व विद्यालय बनाउनु भन्दै अस्पतालको पक्षलाई इगनोर गर्नु हुँदैन । ’

२०५४ साल पछि पहिलो पटक स्वास्थ्यका कर्मचारीहरूको दरबन्दी तयार गरेको भन्दै त्यस अनुसार पहिलो चरणमा अस्पतालको काम अगाडी बढाउनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । उनले अहिले स्वीकृत भएका १४१ कर्मचारीको दरबन्दीले गेटामा अस्पताल सुरु गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।उनले एमबिबिएस पढाउने वातावरण सृजना गरेर विदेश जाने अरबौँ रुपैयाँ नेपालमै राख्न सकिने बताएका थिए । गेटाको अनुगमन पछि मन्त्री बस्नेत डडेल्धुरा अस्पतालमा पनि पुगेका थिए। धनगढीमा उनले डडेल्धुरा अस्पताललाई पनि तीन सय शय्यामा लैजाने प्रक्रिया सुरु भएका बताए ।

तीन शय्याको अस्पताल सुरु गरे लगत्तै एमबिबिएस अध्ययन सुरु गर्ने उनले बताए । सेती प्रादेशिक अस्पतालमा पनि बिरामीको चाँप बढिरहेको मन्त्री बस्नेतले बताएका थिए । सुदूरपश्चिमका केही जिल्ला भारतीय सिमा नाकासँग जोडिएकाले संक्रमण भित्रिन सक्ने भन्दै संवेदनशील हुनुपर्ने बताएका थिए ।

अहिले साना ठुला सबै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन आवश्यक रहेको मन्त्री बस्नेतले बताए । उनले अहिले दरबन्दी सृजना गरे अनुसार सुविधा विस्तार गर्न सके स्वास्थ्यमा मुलुकले फड्को मार्ने दाबी गरे ।‘ठुलो संख्यमा नयाँ दरबन्दी सृजना गरेर लिँदै छौँ । प्रदेशले पनि गरिरहेको छ । भवन र उपकरणको समस्या छ त्यो पनि हल भए धेरै राम्रो हुन्छ’ उनले भने ।आफू आधारभूत स्वास्थ्य शिक्षा निःशुल्क अभियानमा हिँडेको भन्दै उनले कोही पनि पैसा नभएर, उपचार नपाएर मृत्यु वरण गर्नु पर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताए।

उनले संघीय स्वास्थ्य मन्त्रालयले आफूले जिम्मेवारी पाएपछि स्वास्थ्यमा निकै ठुलो सुधार भएको समेत दाबी गरेका थिए । आफूले नै चिकित्सा शिक्षा ऐनलाई संशोधन गर्न पहल गरेको मन्त्री बस्नेतको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Felfedezhető bónuszok a betmatch casino kínálatában, biztonságos játékélményhez most

Estratégias avançadas de apostas revelam o potencial máximo de Sweet Bonanza para jogadores experientes

Maceracı ruhlar Sweet Bonanza 1000 demo versiyonuyla tanışarak eğlenceye doyacak fırsat buluyor artık

Essential details concerning marsbahis provide informed choices for eager players today

Güncel fırsatlar ve marsbahis giriş ile kesintisiz eğlence deneyimi sizi bekliyor

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Онлайн‑рулетка в Мичигане: как меняется азарт В прошлом году большинство жителей Мичигана видели рулетку лишь в дымящихся казино вдоль озера Эри.Сегодня же тот же шарик

अझै पढ्नुहोस्
समाचार

खुल्ला आकाशमा भविष्य खोज्दै

जमुना न्युरे,सुर्खेत /असार साउनको भेल होस यात पुष माघको कठ्याङ्गीदो जाडोमा स –साना बालबालिका खालि खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाशमा

अझै पढ्नुहोस्