TRENDING
Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója
Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux
Essential strategies involving 1win app download unlock mobile betting access now
Pleasant surprises await with funbet casino and its exclusive gaming options
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Next
Prev

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

शेयेर गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन्।

‘खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथासिघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,’ उनले भने। आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए। नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपीएल जस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा भएको उनको भनाइ छ।

‘यस्ता लिग केन्द्रमा मात्र नभएर देशका कुना कन्दरामा पनि आयोजना गरिनुपर्छ। लिगबाट उत्पादित जनशक्तिले नेपाली राष्ट्रिय टिम र देशलाई नै योगदान पुग्छ। देशलाई विश्वसामू चिनाउने उपयुक्त माध्यम पनि खेल क्षेत्र हो। त्यसैले खेलका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट विनियोजनमा सरकार उदार हुनुपर्छ,’ उनले भने।

रंगशाला निर्माणका लागि सरकारलाई आवश्यक योजनाका साथ काम गर्न उनको सुझाव छ। ‘बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन सकेको छैन। शिक्षा, स्वास्थ्य र खेलकुदमा सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ। प्रतिभाशाली खेलाडीलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदक्षेत्रमा फड्को मार्न सक्छ,’ उनले भने।

खेलकुद क्षेत्र मानिसको फिजिकल मात्र नभइ देशको अर्थतन्त्रको मेरुदण्डसमेत भएको उनले बताए। खेलले मानिसलाई अनुशासित बनाउने महरको धारणा छ। ‘राजनीतिमा पनि निष्पक्षताको ग्यारेन्टि हुनुपर्छ। त्यो शिक्षा खेलबाट लिन सकिन्छ। खेल मानिसलाई अनुशासित बनाउने विशाल क्षेत्र हो,’ उनले भने। पोखरा पर्यटकीय राजधानी भएको र यहाँ खेल आयोजना हुँदा देश, विदेशमा यसको महत्त्व थप बढेर जाने महरले बताए।

यसका साथै महरले इन्जिनियरिङ क्षेत्रका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेट लिग अवलोकनका लागि पठाउनुपर्ने बताएका छन्। ‘खेलको गुणस्तर सुधार्न प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ। यसमा नेपाली इन्जिनियरले ठूलो योगदान दिन सक्छन्। क्रिकेटरको प्रदर्शन सुधार गर्न डेटा प्रविधिको प्रयोग गर्न सकिन्छ। खेलाडीको रन, स्ट्राइक र बलिङको गति जस्ता तथ्यांकलाई विश्लेषण गरेर उनीहरूको क्षमता वृद्धि गर्न सकिन्छ,’ उनले भने।

एआइको प्रयोग गरेर खेलाडीको कमजोरी पहिचान गरी सुधार गर्न प्रशिक्षण प्रदान गर्न सकिने र त्यो कुरा इन्जिनियरिङ क्षेत्रका विद्यार्थीबाट सम्भव भएको उनको भनाइ छ। क्रिकेट व्यवस्थापन प्रणालीलाई सुरक्षित राख्न नेपाली इन्जिनियरले साइबर सुरक्षा समाधान विकास गर्न सक्ने महरले औंल्याए।

‘म्याच फिक्सिङ रोक्न र खेलसँग सम्बन्धित डाटालाई सुरक्षित राख्न प्रविधिको प्रयोग गर्न सकिन्छ। विद्यालय र ग्रामीण क्षेत्रका खेलाडीको प्रशिक्षणका लागि सस्तो तथा प्रभावकारी उपकरण विकास गर्न सकिन्छ। स्थानीय ग्राउन्डमा स्मार्ट कोचिङ टुलको प्रयोगले नयाँ प्रतिभाको पहिचान सम्भव छ,’ महरले भने, ‘क्रिकेटलाई विश्वस्तरमा पुर्‍याउन प्रविधिको प्रयोग अपरिहार्य छ। हाम्रै इन्जिनियरले निर्माण गर्ने समाधानले यो यात्रा अझ प्रभावकारी हुनेछ।’ त्यसैले नेपाली इन्जिनियरलाई अवलोकनका लागि विदेशी लिगमा पठाउनुपर्ने र त्यहाँबाट प्राप्त ज्ञान उनीहरूले नेपालमा सदुपयोग गर्न सक्ने महरको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója

Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux

Essential strategies involving 1win app download unlock mobile betting access now

Pleasant surprises await with funbet casino and its exclusive gaming options

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

सम्बन्धितखवर

छुटाउनु भयो कि !