TRENDING
फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो
Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta
Next
Prev

कैलाली–३ मा काँग्रेसको चुनावी अभियान तीव्र, चुनावी समितिहरू गठन

शेयेर गर्नुहोस


सुखड, माघ १४ गते / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली काँग्रेसले चुनावी गतिविधि तीव्र बनाएको छ ।

नेपाली काँग्रेसले उक्त क्षेत्रमा जिल्ला उपसभापति भीम बडूवाललाई उम्मेदवार बनाएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले चुनावी रणनीति निर्माण सम्बन्धी नगर स्तरीय भेला आयोजना गरेको हो ।

नगर स्तरीय भेलाले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यसहित विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नगर स्तरीय प्रचार–प्रसार समितिको संयोजकमा नगर सभापति बमबहादुर सिंह, युवा परिचालन समितिको संयोजकमा नगर सचिव बुधराम चौधरी, महिला परिचालन समितिको संयोजकमा नगर सचिव रेवती मल्ल तथा अनुगमन समितिको संयोजकमा परशुराम चौधरीलाई जिम्मेवारी दिएको छ ।

यसै गरी, १२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने निर्णय समेत गरिएको नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले जनाएको छ । पार्टीका सबै तहका संयन्त्रलाई व्यापक रूपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

नगर सभापति बमबहादुर सिंहले सङ्गठनलाई वडा स्तरसम्म सक्रिय बनाउँदै चुनावी अभियान सशक्त रूपमा अघि बढाइने बताए । काँग्रेस केवल चुनाव जित्नका लागि नभई यस क्षेत्रको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा उत्रिएको उनको भनाइ छ । उनले हरेक कार्यकर्तालाई आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार भीम बडूवाल, समानुपातिक उम्मेदवार रिता चौधरी, पूर्व जिल्ला सभापति गोविन्दराज जोशी, क्षेत्रीय तथा प्रदेश कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, वडाध्यक्ष तथा वडा कार्यसमिति, तरुण दल, नेविसंघ, किसान सङ्घ, महिला सङ्घ, शिक्षक सङ्घ तथा जननिर्वाचित जनप्रतिनिधि लगायत नगरभरिका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो

Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta

Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

जनप्रतिनिधिले निर्वाचनमा भाग लिन चाहे राजीनामा दिनुपर्ने

टीकापुर/ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ का लागि आचारसंहिता जारी गरेको छ । आज राजपत्रमा आज प्रकाशित आचार संहिता अनुसार स्थानीय तहका आउँदो निर्वाचनमा

अझै पढ्नुहोस्