कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जित्यो

शेयेर गर्नुहोस

१२ जेठ,सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेको छ । पेनाल्टी शुटआउटमा भजनी युवा क्लब भजनीलाई हराएर उपाधि जितेको हो । समयमा दुई टिम बाट १–१ गोल भए पछि अन्तिममा पेनाल्टी शुटआउट भएको थियो । पेनाल्टी शुटआउटमा सैपाल युवा क्लब गोदावरीले ५ गोल हान्न सफल भयो भने भजनी युवा क्लब भजनीले ३ गोल हान्न मात्र सफल भयो ।

क्वालिफायर्सको उपाधि जिते सँग सैपाल युवा क्लब गोदावरी ‘वि’ डिभिजनमा उक्लेको छ । न्यु सुन्दर शक्ति युवा क्लब कैलारीलाई हराएर भजनी युवा क्लब भजनी फाइनमा प्रवेश गरेको हो भने टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीलाई हराएर सैपाल युवा क्लब गोदावरी फाइनमा पुगेको हो । क्वालिफायर्सको उपाधिको लागी आज बिहान भजनी युवा क्लब भजनी र सैपाल युवा क्लब गोदावरी बिच खेल भएको थियो । उक्त खेलको म्यान अफ द म्याच भने सैपाल युवा क्लब गोदावरी गोल रक्षक दिनेश नेपाली घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hernie kasína GDFPlay – bezplatný registrácií a bezplatné hry za pravda, čo vás môže viesť na šťastie.

Jocurile Online la Runa Casino – Oferinte si Reglementari

Dokładnie w hazardzie – Kasyno Wagerland

King Chance Casino: A Comprehensive Guide to Online Gaming Options and Regulations

Ein Überblick über Ausländische Casinos und ihre Regulierungen worldwide.

Übersicht über Ausländische Casinos und deren Möglichkeiten in Deutschland

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हत्याको बिराेधमा लम्कीमा राजमार्ग अवरुद्ध, ८ जना पक्राउ

टीकापुर/ कैलालीकाे टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएपछि लम्किमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेश प्रमुख जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको छ: मियाँ

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन् । कैलालीको घोडाघोडीमा सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरिएको

अझै पढ्नुहोस्