कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: आठौँ दिनमा घोडाघोडी र सैपाल युवा क्लब विजयी,हिमालय र विजय स्पोर्ट्सले अङ्क बाँडेँ

शेयेर गर्नुहोस


सुखड /कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज आठौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘ए’ डिभिजनका खेल र एक वटा क्वालिफायर्स खेल भएको छ ।

बिहान भएको ‘ए’ डिभिजनको पहिलो खेल हिमालय युवा क्लब भजनी र विजय स्पोर्ट्स क्लब धनगढी बिच भएको थियो । निर्धारित सयमा हिमालय युवा क्लब भजनीको १ गोल र विजय स्पोर्ट्स क्लब धनगढीको १ गोल भएको थियो । दुई टिमको गोल बराबर भए पछि हिमालय युवा क्लब भजनी र विजय स्पोर्ट्स क्लब धनगढीले एक एक अङ्क बाँडेका छन् । उक्त खेलको म्यान अफ द म्याच भने हिमालय युवा क्लब भजनीका तिलक ठकुल्ला घोषित भएका थिए ।

त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो क्वालिफायर्स खेल सैपाल युवा क्लब गोदावरी र टेक बहादुर चोखाल प्रतिष्ठान धनगढी बिच भएको थियो । जसमा सैपाल युवा क्लब गोदावरीले ३ गोल प्रहार गर्दे टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीलाई हराएको थियो । निर्धारित खेल समयमा टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीले गोल फर्काउन सकेन । खेल हारे सँगै टेक बहादुर चोखाल प्रतिष्ठान धनगढी बाहिरिएको छ भने सैपाल युवा क्लब गोदावरी फाईनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच सैपाल युवा क्लब गोदावरीका खेलाडी प्रदीप चन्द घोषित भए ।

ब्म्म्
आजै भएको दिउँसो तेस्रो ‘ए’ डिभिजनको खेल घोडाघोडी क्लब घोडाघोडी र मनकामना युवा क्लब धनगढी बिच भएको थियो । जसमा घोडाघोडी क्लब घोडाघोडीले १ गोल प्रहार गर्दे मनकामना युवा क्लब धनगढी लाई हराएको थियो । निर्धारित खेल समयमा मनकामना युवा क्लब धनगढीले गोल फर्काउन सकेन । घोडाघोडी क्लब घोडाघोडी र मनकामना युवा क्लब धनगढी बिच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । सो खेलमा मनकामना युवा क्लब धनगढीका जर्सी नम्बर २ का खेलाडी सन्दीप गुरुङले रेड कार्ड पाएका थिए । उक्त खेलको म्यान अफ द म्याच घोडाघोडी क्लब घोडाघोडीका खेलाडी शिशिर केसी घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Vavada partners

Партнеры Vavada и их влияние на бизнес Стратегические альянсы в сфере азартных игр становятся все более актуальными. Эффективные сотрудничества позволяют компаниям улучшать свои позиции на

अझै पढ्नुहोस्
समाचार

प्रदेश सरकार परिवर्तन हल्लाबारे के हो सभापति ज्यु :मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको सरकार परिवर्तनबारे भइरहेको हल्लाबारे स्पष्ट पार्न पार्टी सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।  नेपाली कांग्रेसको सुदूरपश्चिम स्तरीय भेला कार्यक्रममा

अझै पढ्नुहोस्
समाचार

लिक्मामा चतुर्दशी दसैं मनाइदै

सुखड/आश्विन शुक्ल चतुर्दशी अर्थात् चतुर्दशी दसैं । आज गौरीगंगा नगरपालिका–८, लिक्मामा सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै आश्विन शुक्ल चतुर्दशी अर्थात् चतुर्दशी दसैं

अझै पढ्नुहोस्