कुकुरको टोकाइबाट निलगाई घाइते

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका वडा न ५ मा रहेको श्री शिबज्योती सामुदायिक वन उपभोक्ता समूह बनखेतमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट निलगाइ घाइते भएको छ ।

सामुदायिक बनमा रहेको पानी पोखरीमा निलगाई पानी पिउन आउदा कुकुरहरुले लखेटेर घाइते बनाएको स्थानीय खगु देबि बोहराले जानकारी दिए ।
घाइते निलगाईलाइ स्थानीयले देखे पछि कुकुरहरुलाइ लेखेटेर निलगाइलाइ सुरक्षित राखी सब डिभिजन बन कार्यलयलाइ खबर गरेका थिए स्थानीय तथा सामुदायिक बन उपभोक्ता समुहका ब्यक्तिहरुले ।

सब डिभिजन बन कार्यलय सुखडका वन रक्षक जुगराम चौधरी को नेतृत्व मा गयको सब डिभिजन वन कार्यलय र डिभिजन बन कार्यलय पहलमानपुर बाट गयको सयुक्त टोलिले घाइते अवस्थामा भेटिएको निलगाइ उद्दार गरि सब डिभिजन वन कार्यलय सुखड ल्याएको छ ।

घाइते निलगाईलाइ सुखडमा राखी पसु चिकित्सालाई बोलाइ प्राथमिक उपचार समेत गरियको वन रक्षक चौधरि जानकारी दिए ।

घाइते अवस्थामा रहेको निलगाइको शरीरमा , नाकमा चोटपटक लागेको , भरखर सुत्केरी भएको दुई वटा बच्चा रहेका छ्न । पहलमानपुर डिभिजन बनमा घाइते तथा टुहुरा बन्यजन्तु राख्न , हेरचाह गर्न ठाउँ नभएकाले निलगाइलाइ थप उपचार तथा हेरचाहको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले बताए ।

ताजा खबर

Sistemul profitabil de joc combină royal joker casino bonus fara depunere cu câștiguri rapide și sigure

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Nowoczesne zakłady bukmacherskie z betclic oferują szerokie możliwości wygranych dla fanów sportu

La Experiencia de Riesgo en Need For Spin Casino

Spinnris Kasinot – En Upplevelse Att Vänta På Lyckan

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६ गते भित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

टीकापुर/ सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ ।एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले

अझै पढ्नुहोस्