TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् ।


फुटबलका धामी साफ यू–२० च्याम्पीयनसीपमा नेपाल उपविजेता बन्दा नेपालबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनी केपी ओली कपमा उदयमान खेलाडी बन्न सफल भएका थिए । कबड्डीका चुनारा बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी १७ वर्षको उमेरमै नेपालको सिनियर टोलीमा परेका थिए । क्रिकेटका साउँदले यू–१९ एसिया कपमा अफगानस्थानमाथि जित दर्ता गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल प्रिमियर लिगको डेब्यु खेलमा उनले पाँच विकेट लिएका थिए ।


यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् । कबड्डीका प्रशिक्षक भट्ट बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोलीलाई उपविजेता बनाउने प्रशिक्षक हुन् । भलिबलका भट्ट काभा भलिबल नेसन्स लिगमा नेपाललाई उपविजेता बनाउने प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको थियो । कबड्डीकी थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कास्य पदक जिताउने प्रशिक्षक हुन् ।


आयोजकले यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको हो । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । आयोजकका अनुसार आठ विधामा ७ चैतमा आठ विधामा अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल र निसर्ग अस्पतालले पनि प्रायोजकका रुपमा साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

जमुना न्युरे,सुखड/घोडाघोडी नगरपालिकामा रहेको बिश्व रामासार तथा नेपालको पहिलो पंक्षि अभय आरण्य क्षेत्र घोडाघोडीमा सरोकारवाला निकाए सङ्ग बैठक तथा घोडाघोडी ताल ब्यबस्थापन योजना तयारी सम्बन्धि

अझै पढ्नुहोस्