अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए

शेयेर गर्नुहोस

धनगढी/अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार मुख्य मन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै लामो समयदेखि अस्थायी, करार तथा ज्यालादारी पदमा कार्यरत कर्मचारीहरूको भविश्य अन्योलमा परेको भन्दै स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गरेको छन्।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार ०५६/०५७ सालदेखि लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति प्रक्रिया रोकिएपछि श्रेणीविहीन पदहरूमा कार्यरत कर्मचारीहरूले उमेर हदबन्दीका कारण अवसर गुमाउँदै आएको र बृद्धावस्थामा खाली हात बस्नुपर्ने अवस्थाले पीडा थपेको छ । यस्ता कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी र सुनौलो भविश्य सुनिश्चित गर्न सर्वोच्च अदालतले मिति २०७०/१०/९ मा निर्देशात्मक आदेश दिएको र मिति २०७४/१/२१ मा मन्त्रीपरिषद्ले समेत सहमति जनाएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।

संघले प्रदेश निजामती सेवा ऐन संशोधन गरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई उमेर हदबन्दी नलगाई एकपटकका लागि स्थायी गर्ने व्यवस्था गर्न माग गरेको छन् । ज्ञापन पत्रमा हाल कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र स्थायी कर्मचारीसरह सबै सेवा सुविधाको सुनिश्चितता गराउन माग गरिएको छ।

त्यस्तै जटिल प्रकृतिका रोग लाग्दा बिरामी बिदा तथा बिमाको विशेष व्यवस्था हुनुपर्ने माग पनि संघले अघि सारेको छ। संघले कार्यरत कर्मचारीहरूको सेवा अवधि र गुमेको अवसरको समेत मूल्यांकन गरी उपयुक्त व्यवस्थाको लागि पहल गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।

ताजा खबर

No Down Payment Incentive Casino Site Checklist: A detailed guide for players

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

Der Ultimative Überblick für Mobile Casino Seite Spiele

ESA Solution Pet Letter: Understanding Its Importance And How To Acquire One

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада бонусы промокоды

Вавада промокоды и бонусы для игроков 2026 Внимание всех заинтересованных! Специальные предложения представляют отличную возможность увеличить ваши шансы на выигрыш. С помощью различных акций можно

अझै पढ्नुहोस्

Как устроен мир цифровых развлечений: взгляд на современные платформы

В последние годы российский рынок азартных игр переживает настоящую трансформацию.Когда в 2023 году вступили в силу новые правила регулирования онлайн-казино, многие игроки оказались в растерянности.Привычные

अझै पढ्नुहोस्